एनएमबि सरल बचत फण्ड इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार

भदौ २०, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार बैंकिङ्ग समयसम्म रहेको छ । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गरिएको क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार  आइतवार विहान १० बजेसम्ममा उक्त योजनामा ७१ हजार ३३३ जना आवेदकबाट ३ करोड ७० लाख ३ हजार ३० इकाई खरीदका लागि आवेदन परेको छ । यो मागभन्दा १ दशमलव ४८ गुणा बढी आवेदन हो ।   

सम्बन्धित सामग्री

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनामा कति पर्यो आवेदन ?

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनामा  ६७ करोड बढीको आवेदन परेको छ  । यस निष्काशनमा आवेदन दिने आज अन्तिम दिन सोमबार साँझसम्ममा ९९ हजार ७ सय ९ जना आवेदकबाट ६ करोड ७९ लाख ५६ हजार ४ सय ३० इकाईको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएबि क्यापिटलले जनाएको छ  ।आवेदन फेरिफाई हुने क्रम मै रहेकोले यो संख्या घटबढ हुन सक्ने क्यापिटलले जनाएको छ ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको हो । ४ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात् १ करोड ४० लाख इकैई कोष प्रबर्दक एनएमबि बैंकको लागि तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना ब्यबस्थापक एमएमबि क्यापिटलको लागि छुट्याईएको थियो । बाँकि रहेको २ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई साउन २२ गते योजना संचालनको लागि अनुमति दिएको थियो ।