एनएमबि सरल बचत फण्ड इ को नोक्सानी घट्यो

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुलनामा फागुनमा घटेको छ । फण्ड माघ मसान्तमा रू. ३ करोड ८० लाख नोक्सानीमा रहेकोमा फागुन मसान्तमा घटेर रू. १ करोड ५७ लाखमा झरेको हो । फागुन महीनामा फण्डले रू. १० लाख आम्दानी गर्न सफल भएकाले नोक्सानी घटेको हो । माघ मसान्तमा भने फण्डको आम्दानी रू. २ करोड ३६ लाख ऋणात्मक थियो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २० पैसा रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ रुपैयाँ ३१ पैसा पुगेको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३६ करोड लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब  २३ करोड थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. ७ करोड ५० लाख लगानी छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

एनएमबि सरल बचत फण्ड - इ रू.२ करोड ५ लाख नोक्सानीमा

जेठ १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू. १ करोड ८५ लाख नोक्सानीमा रहेको थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको देखिन्छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ८७ लाख ८५ हजार रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ९६ लाख ६४ हजार पुगेको हो । त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्तसम्ममा रू. १ करोड ८ लाख ऋणात्मक रहेको छ । त्यसैगरी फण्डको एनएभी घटेको छ । चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ६६ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ६३ कायम भएको हो । फण्डको सूचीकृत धितोपत्रमा लगानी भने बढेको छ । चैत मसान्त सम्ममा सूचीकृत शेयरमा लगानी रू. २९ करोड ६० लाख  रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ३२ करोड १ लाख पुगेको हो ।

चैत मसान्तसम्म एनएमबि सरल बचत फण्ड–इ को धितोपत्रमा लगानी ३४ करोडभन्दा बढी

वैशाख १४, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले चैत मसान्तसम्म धितोपत्रमा रू. ३४ करोड २६ लाख २४ हजार लगानी गरेको छ ।  योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ३२ करोड ५७ लाख रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दति निक्षेपमा रू. ८ करोड लगानी गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाको हाल ५ करोड ५२ लाख २५ हजार ६५६ दशमलव ४७ इकाई कायम भएको छ । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन महीनामा रू. १० दशमलव १४ रहेकोमा चैत महीनामा रू. ९ दशमलव ६६ कायम भएको छ । फागुन मसान्तसम्म रू. ८० लाखभन्दा बढी नाफा गरेको योजना चैत मसान्तसम्म भने रू. १ करोड ८५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । चैत महीनामा योजना रू. ९७ लाखभन्दा बढी घाटामा रहेकाले पनि खुद नोक्सानी व्यहोर्नु परेको देखिन्छ ।  फागुन महीनाको तुलनामा योजनाको खर्च रकम पनि बढेको छ । फागुन महीनामा रू. ७९ लाख ६४ हजार खर्च गरेको योजनाले चैत महीनामा रू. ८७ लाख ८५ हजारभन्दा बढी खर्च गरेको हो ।