काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुलनामा फागुनमा घटेको छ । फण्ड माघ मसान्तमा रू. ३ करोड ८० लाख नोक्सानीमा रहेकोमा फागुन मसान्तमा घटेर रू. १ करोड ५७ लाखमा झरेको हो । फागुन महीनामा फण्डले रू. १० लाख आम्दानी गर्न सफल भएकाले नोक्सानी घटेको हो । माघ मसान्तमा भने फण्डको आम्दानी रू. २ करोड ३६ लाख ऋणात्मक थियो ।
फण्डको न्याभ भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २० पैसा रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ रुपैयाँ ३१ पैसा पुगेको हो ।
त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३६ करोड लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब २३ करोड थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. ७ करोड ५० लाख लगानी छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्