चैत १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चलित एनएमबि सरल बचत फण्ड - इ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार योजनाको एनएभी माघ मसान्तको तुलनामा फागुन मसान्तसम्ममा घटेको छ । योजनाको एनएभी माघ मसान्तसम्ममा रू. १० दशमलव ३८ रहेकोमा फागुन मसान्तसम्ममा रू. १० दशलमव १४ कायम भएको हो । त्यसैगरी यस योजनाले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३० करोड ९ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्त सम्ममा भने रू। ३१ करोड थियो ।
त्यसैगरी योजनाले फागुन मसान्त रू. ८० लाख नाफा कमाएको छ ।यो नाफा माघ मसान्तसम्मको तुलनामा भने ६१ प्रतिशतले कमि आएको हो । माघ मसान्तसम्ममा योजनाले रू. २ करोड ६ लाख नाफा कमाएको थियो ।
फागुन महीनामा योजनाको खर्चमा वृद्धि भएसँगै आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । माघ मसान्तसम्ममा कुल रू. २ करोड ७८ लाख आम्दानी गरेको उक्त फण्डको आम्दानी फागुन मसान्तसम्ममा रू. १ करोड ५९ लाखमा झरेको हो ।