असोज ७, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि सरल बचत फण्ड - इ को इकाई बाँडफाँट भएको छ ।
फण्डले भदौ १७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेकोमा सो अवधिमा रितपूर्वक आवेदन दिने आवेदकलाई बुधवार ४ करोड इकाई बाँडफाँट गरेको बताएको छ । यो खुलामुखी योजना हो ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।