माघ ४, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इ को इकाई मंगलवारदेखि अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको छ ।
उक्त खुलामुखी योजनाको इकाई एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट अनलाईनमार्फत खरीदविक्री गर्न सकिने योजना व्यवस्थापकले बताएको छ ।
इकाईधनीले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इकाई खरीदविक्री गर्न सक्नेछन् । कोष प्रबर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।