एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक नियुक्त भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको योजनाको वितरकमा एनएमबि बैंकलाई नियुक्त गरेको योजना व्यवस्थापकले जानकारी दिएको छ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाको सेवाहरू सहज, व्यवस्थित तथा प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र उक्त बैंकका सम्पूर्ण शाखा कार्यालयमार्फत योजनाको व्यवस्थित लगानी योजना अन्तर्गतका सेवाहरू प्राप्त गर्न सकिने गरी वितरक नियुक्त गरेको हो ।

सम्बन्धित सामग्री

एनएमबि सरल बचत फण्ड - इ को इकाई आजदेखि अनलाईनमार्फत खरीदविक्री हुँदै

माघ ४, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इ को इकाई मंगलवारदेखि अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको छ । उक्त खुलामुखी योजनाको इकाई एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट अनलाईनमार्फत खरीदविक्री गर्न सकिने योजना व्यवस्थापकले बताएको छ । इकाईधनीले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इकाई खरीदविक्री गर्न सक्नेछन् । कोष प्रबर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

एनएमबि सरल बचत फन्ड - ई काे काराेबार आजदेखि

पुस ५, काठमाडौं । एनएमबि क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु सोमवारदेखि खरीदविक्री गर्न सकिने भएको छ ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनएमबि सरल बचत फण्ड - ई नामक खुलामुखी योजनाको इकाईहरु खरीदविक्री गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।  क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीदविक्री गर्न सकिने छ । सोमवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीदविक्री गर्न सकिने पनि कम्पनीले बताएको छ । कम्पनीका अनुसार शुक्रवार, शनिवार तथा सार्वजनिक विदाका दिनमा योजनाका इकाईहरु खरीदविक्री बन्द हुनेछ ।  उक्त खुलामुखी योजनाको एनएमबि बैंक कोष प्रबर्द्धक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई आजबाट खरीद बिक्रि गर्न सकिने

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आजबाट खरीद बिक्रि गर्न सकिने भएको छ  ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड - इ (NMB Saral Bachat Fund - E) नामक खुलामुखी योजनाको इकाईहरु आज पुस ५ गते सोमबारबाट खरीद बिक्रि गर्न सकिने भएको हो ।क्यापिटलका अनुसार हालको लागि क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीद बिक्रिको ब्यबस्था मिलाईएको छ।आइतबार देखि बिहीबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्रि हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार  शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरीद/बिक्री बन्द रहनेछ । यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो । न्याभको आधारमा इकाई किनबेच हुने छ ।  खुलामुखी योजना भएकोले यसको कारोबार नेप्सेमा हुदैन ।

एनएमबि सरल बचत फण्ड इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार

भदौ २०, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार बैंकिङ्ग समयसम्म रहेको छ । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गरिएको क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार  आइतवार विहान १० बजेसम्ममा उक्त योजनामा ७१ हजार ३३३ जना आवेदकबाट ३ करोड ७० लाख ३ हजार ३० इकाई खरीदका लागि आवेदन परेको छ । यो मागभन्दा १ दशमलव ४८ गुणा बढी आवेदन हो ।

एनएमबि सरल बचत फण्ड इ को इकाईमा रू. २३ करोड २६ लाख बराबरको आवेदन

भदौ १९, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा रू. २३ करोड २६ लाख १४ हजार बराबरको आवेदन परेको छ ।  विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार अपरान्ह तीन बजेसम्ममा ४६ हजार ५३७ जना आवेदकबाट २ करोड ३२ लाख ४३० इकाईका लागि आवेदन दिएका हुन् । एनएमबि क्यापिटलले गत भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको हो । उक्त इकाईमा बन्द हुने मिति छिटोमा आगामी भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवामा बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि सरल बचत फण्ड इले बिहीवारदेखि १० करोड इकाई निष्कासन गर्दै

भदौ १६, काठमाडौं । एनएमबि क्यापिटलले बिहीवारदेखि एनएमबि सरल बचत फण्ड इको १० करोड इकाई निष्कासन गर्ने भएको छ ।  क्यापिटलले जसमध्ये पहिलो चरणमा  ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  निष्कासन गर्नेे जानकारी दिएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ ।  सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ।

एनएमबि सरल बचत फण्डले भदौ १७ गतेदेखि १० करोड इकाई निष्कासन गर्दै

भदौ ८, काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्डले १० करोड इकाई निष्कासन गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले जानकारी गराएको हो । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाईमा बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समय सम्म रहेको छ । सो अवधिसम्ममा पनि विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ  ।

एनएमबि सरल बचत इण्ड-ई १७ गतेबाट, सर्वसाधारणलाई पहिलो चरणमा २ करोड ५० लाख इकाइ

काठमाडौं। एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सरल बचत फण्ड-ई भदौ १७ गतेबाट जारी हुने भएको छ। एनएमबि बैंक कोष प्रवर्द्धक