पर्वत : बाहिरी वातावरणको तापक्रम करिब ३७-३८ डिग्री सेल्सियस रहेको छ। चर्को गर्मी सहन नसकेर होला पर्वत सदरमुकाम कुश्मा बजारमा दिउँसोको समयमा पैदल यात्री खासै देख्न पाइँदैन। सवारी साधनहरू पनि सकेसम्म चलाइँदैनन्। फुर्सदमा भएकाहरू गर्मी छल्नका लागि पायकको स्थानमा रहेको खोलानालामा पौडी खेल्ने, कोही एसी र पङ्खामा त कोही चौतारीको छहारीमा बसेका भेटिन्छन्।तर सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी) खपीनसक्नुको गर्मीमा पनि र्यालीमा हिँडिरहेका छन्। आफ्ना विभिन्न मा