काठमाडौं : नोबेल मेडिकल कलेजका विद्यार्थीले अरू शिक्षण अस्पतालमा स्थानान्तरणको माग राख्दै बिहीबार माइतीघर मण्डलामा रिले अनशन शुरु गरेका छन्।चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा पास गरी नोबेल मेडिकल क्याम्पसमा एमबिबिएस पढ्ने १० जना विद्यार्थीले अनशन शुरु गरेका हुन्।उक्त कलेजले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएको छ। सरकारी नियम नमान्ने क्याम्पसबाट अरू शिक्षण अस्पतालमा पढ्न पाऊँ भनी स्थानान्तरण गर्न सरकारसँग माग राख्दै भोक हडताल तथा धर्ना शुरु गरेका हुन्।उनीहरूले विगत ८० दिन