क्रियाशील सदस्यता विवाद : डडेल्धुरा कांग्रेसका नेता–कार्यकर्ताले थाले सानेपामा अनशन

डडेल्धुरा/काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले काठमाडौंको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा  रिले अनशन सुरु गरेका छन्। कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लसहितको समूहले सानेपामा बुधबारदेखि रिले अनशन सुरु गरेको हो।चारबुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको जिल्ला सभापति मल्लले जानकारी दिए।मल्ल समूहका नेता कार्यकर्ता अनशन बस्न बुधबार राजधानी पुगेका थिए। पुगेलगत्तै धर्ना दिएर दिउँसो

सम्बन्धित सामग्री

डडेल्धुरामा कांग्रेसको अनशन स्थगित

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेको छ।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन आइतबार स्थगित गरिएको हो।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्लाको पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्य

‘डडेलधुराको क्रियाशील सदस्यताको विवाद नियोजित प्रचारबाजी’

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका एकजना सदस्य योगेन्द्र चौधरीले डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद निराधार भएको जनाएका छन् । समितिले डडेल्धुराको क्रियाशील सदस्यतालाई सर्वसम्मत रुपमा टुंग्याएको उनको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर केन्द्रमै विवाद देखिएको छ भने डडेल्धुरामै जिल्ला सभापति कर्णबहादुर […]

देउवाको गृहजिल्लामा कांग्रेस क्रियाशील विवाद उत्कर्षमा

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन। […]

देउवाकै गृहजिल्लामै क्रियाशील सदस्यता विवाद

२२ भदौ डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामै क्रियाशील सदस्यता विवाद बढेको छ । विवादकै कारण २५ भदौमा तोकिएको वडा अधिवेशन अन्यौलमा परेको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको डडेल्धुराको क्रियाशील सदस्यको नामावलीमा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाले पठाएको क्रियाशील सदस्यता सूचीमा व्यापक नाम थपघट भएको आरोप […]

देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद अझ चर्कियो

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद समाधान हुनुको साटो अझ चर्किएको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली आइतबार सार्वजनिक भएको थियो। नामावली सार्वजनिक भएपछि विवाद झन उत्कर्षमा पुगेको हो। यसको प्रभाव स्थानीय तहको अधिवेशनमा परेको छ। विवादले जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन।क्रियाशील सदस्यता विवादबारे केन्द्रीय छानबिन समितिले छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो। सोहीअनुसार आइतबार साँझ क