१ करोड ७२ लाख खराब कर्जा उठाएको आरएसडिसी लघुवित्तको नाफा ४०% बढ्यो

वैशाख २०, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड ४३ लाख नाफा कमाएको चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ६३ लाख पुगेको हो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ७२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न सहयोग पुगेको हो । चुक्तापूँजी रू. ७३ करोड १९ लाख ६० हजार रहेको कम्पनीले जगेडा काोषमा रू. १३ करोड ८६ लाख ६५ हजार सञ्चित गरेको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत र सञ्चालन नाफा २३ प्रतिशतले वृद्धि भएको हो ।  सोही अवधिमा प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९०, मूल्य आम्दानी अनुपात ६५ दशमलव ६८, तरलता अनुपात ४ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ९४ पुगेको छ ।  

सम्बन्धित सामग्री

चैत मसान्तसम्ममा  इन्फिनीटी लघुवित्तले उठायो रू. ३ करोड ७१ लाख खराब कर्जा

वैशाख १५, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.३ करोड ७१ लाख खराब कर्जा उठाएको छ । खराब कर्जा गत आवको तेस्रो त्रैमासको तुलनामा १७७ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू.१ करोड ३३ लाख खराब कर्जा उठाएको थियो । कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा १३ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. १० करोड ४७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा बढेर रू. ११ करोड ३ लाख पुगेको हो । त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा भने घटेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा गत आवमाभन्दा चालू आवमा धेरै रकम छुट्याएकाले सञ्चालन नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.८४ लाख ४९ हजार छुट्याएकोमा चालू आवमा रू. २ करोड ५९ लाख छुट्याएको छ । कम्पनीको चुक्तापूँजी रू.४१ करोड ४५ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २२ करोड ३२ लाख छुट्याएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३८ दशमलव शून्य ७(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३४ दशलमव ४१ गुणा,तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१५३ दशमलव ८६ रहेको छ ।

६ महीनामा स्वाभिमान लघुवित्त रू. १ करोड २० लाख खराब कर्जा उठाउन सफल

माघ १४, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) सम्ममा रू. १ करोड २० लाख  खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाएको थियो ।  त्यसैगरी, कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड १९ लाखमा सीमित भएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम व्यवस्थामा रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थापमा रू. ८९ लाख २२ हजार छुट्याएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख रहेको छ भने जगेडामा रू. ५ करोड ३४ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटी लिएर, रू. ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८९ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६, मूल्य आम्दानी अनुपात ५६ दशलमव ३३ गुणा, तरलता अनुपात १४ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८७ रहेको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ८७ % बढ्यो

माघ १२, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ४ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. ५ करोड ७१ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ९३ लाख खराब कर्जा उठेकाले कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६८ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले  वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू.२७ करोड रहेको छ भने जगेडामा रू. ११ करोड १८ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ९८ करोड ८९ लाख सापटि लिएर, रू.१ अर्ब १३ करोड ६४ लाख निक्षेप संकलन गरेर रू.४ अर्ब ३७ करोड २६ लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ९४ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ३४ प्रतिशतमा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३६(वार्षिककीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ३० गुणा,तरलता अनुपात १३ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ७४ रहेको छ ।  यो पनि हेर्नुस् : खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ३.३६ गुणा बढ्यो ३ करोडभन्दा बढी खराब कर्जा उठाएको सबैको लघुवित्तको नाफा ११ करोडभन्दा बढी ४ करोड ४४ लाख खराब कर्जा उठाएको सबैको लघुवित्तको खुद नाफा ३.२२ गुणा वृद्धि

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सूर्योदय लघुवित्तको नाफा १५९ % ले  वृद्धि

कात्तिक २५, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५९ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू.१ करोड १८ लाख २७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ३ करोड ६ लाख नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ३ करोड ३३ लाख ९१ हजार खराब कर्जा उठाएकाले कम्पनीको  नाफा बढ्नमा टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. २४ करोड ८० लाख ४२ हजार रहेको छ भने जगेडामा कम्पनीले रू. २१ करोड ४१ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ अर्ब ४ करोड ६६ लाख सापटि लिएर,रू.१ अर्ब ५५ करोड २४ लाख निक्षेपन संकलन गरेर रू. ४ अर्ब ४८ करोड ७ लाख कर्जा लगानी गरेको छ ।  त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू.४९ दशमलव ४१(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३४ दशमलव ६७ गुणा, तरलता अनुपात ८ दशलमव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१८६ दशमलव ३२ रहेको छ ।  यो पनि हेर्नुस् : वोमी लघुवित्त र सूर्योदय लघुवित्त बीच एकापसमा गाभिने सम्झौता, शेयर कारोबार पनि रोक्का सञ्चालन घाटामा रहेको सूर्योदय लघुवित्तको नाफा वृद्धिमा खराब कर्जाको साथ सूर्योदय लघुवित्तले गर्‍यो १६.१६ % लाभांश प्रस्ताव

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

४६ लाख ९० हजार खराब कर्जा उठाएको श्रृजनशील लघुवित्तको नाफा ६ करोडभन्दा बढी

साउन १५, काठमाडौं ।  श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ६ करोड ५ लाख नाफा कमाएको छ ।  अघिल्लो आवमा कम्पनीको नाफा रू.१ करोड ३७ लाख ८१ हजार ऋणात्मक थियो । गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू. ४६ लाख ९० हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफामा सुधार आएको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ९ करोड ३५ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू.१४ करोड ९५ लाख २६ हजार पुगेको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ९ करोड २१ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ८ करोड ७९ लाख बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर  रू. ६८ करोड १९ लाख ९९ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ८१ करोड ६२ लाख ६८ हजार कर्जा लगानी गरेको छ  ।

आईपीओ निष्कासनको तयारीमा रहेको मानुषी लघुवित्तले उठायो २ करोड ३३ लाख खराब कर्जा

साउन १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ लाख ९४ हजार खराब कर्जा उठाएको थियो ।  नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा ९२ प्रतिशतले कमि आएको छ ।  अघिल्लो आवमा रू. १ करोड २१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवमा भने रू. ४ लाख ७९ हजारमा सीमित भएको हो । कम्पनीले सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ ।सोही कारण सञ्चालन नाफा ऋणात्मक भई नाफा घटेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ६९ लाख २२ हजार छट्याएको थियो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले ३ लाख ९३ हजार कित्ता ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत पाइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू.२ करोड ६५ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २५ करोड ६६ लाख ८० हजार सापटि लिएर, रू. ५५ करोड २३ लाख ९ हजार निक्षेपक संकलन गरेर रू. ७९ करोड ३७ लाख २२ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी  अघिल्लो आवको तुलनामा गत आवमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ५ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ७ करोड २८ लाख ४५ हजार पुर्‍याएको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा १४६ % बढ्यो

वैशाख २६, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू.१ करोड ९३ लाख ३२ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ४ करोड ७७ लाख १३ हजार नाफा कमाएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।   गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशतले वृद्धि भएको छ ।  साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २३ लाख ८२ हजार खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू. ८ करोड ९१ लाख ४ हजार सञ्चित गरेको छ । कम्पनीले हालसम्म आईपीओ भने निष्कासन गरेको छैन ।

१ अर्ब ७१ करोड खराब कर्जा संकलन गरेसँगै मानुषी लघुवित्तको नाफा १२६ % वृद्धि

वैशाख २१, काठमाडौं ।  गत आवको तेस्रो त्रैमासको तु्लनामा चालू आवको सोही अवधिमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा १२६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको हो ।  कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ७१ करोड २६ लाख खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३७ करोड ३२ लाख सापटि लिएर,रू. ६२ करोड २२ लाख निक्षेप संकलन गरेर रू. ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा भने रू. १ अर्ब ६९ करोड २७ लाख ऋणात्मक रहेको छ ।