आईपीओ निष्कासनको तयारीमा रहेको मानुषी लघुवित्तले उठायो २ करोड ३३ लाख खराब कर्जा

साउन १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ लाख ९४ हजार खराब कर्जा उठाएको थियो ।  नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा ९२ प्रतिशतले कमि आएको छ ।  अघिल्लो आवमा रू. १ करोड २१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवमा भने रू. ४ लाख ७९ हजारमा सीमित भएको हो । कम्पनीले सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ ।सोही कारण सञ्चालन नाफा ऋणात्मक भई नाफा घटेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ६९ लाख २२ हजार छट्याएको थियो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले ३ लाख ९३ हजार कित्ता ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत पाइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू.२ करोड ६५ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २५ करोड ६६ लाख ८० हजार सापटि लिएर, रू. ५५ करोड २३ लाख ९ हजार निक्षेपक संकलन गरेर रू. ७९ करोड ३७ लाख २२ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी  अघिल्लो आवको तुलनामा गत आवमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ५ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ७ करोड २८ लाख ४५ हजार पुर्‍याएको छ ।

सम्बन्धित सामग्री

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

साउन ११, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ बाँडफाँट पश्चात उक्त पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ । आवेदकले यस आईपीओमा साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ लाख ९४ हजार खराब कर्जा उठाएको थियो ।   नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा ९२ प्रतिशतले कमी आएको छ । कम्पनीले अघिल्लो आवमा रू. १ करोड २१ लाख नाफा कमाएकोमा गत आवमा रू. ४ लाख ७९ हजारमा सीमित भएको हो । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ । सोही कारण सञ्चालन नाफा ऋणात्मक भई नाफा घटेको हो ।

तीन ओटा लघुवित्त कम्पनी २७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा

जेठ १८, काठमाडौं । तीन ओटा लघुवित्त वित्तीय संस्थाले २७ लाख ६० हजार ५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।  जीवन विकास लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । ती तीन ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  ती कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी अर्थात् १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो  । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत गत चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।   त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ३ लाख ८९हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ । ती तीन ओटै कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणसमेत सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरणमा उल्लेख भएअनुसार सो अवधिमा ती तीन ओटै कम्पनीले आकर्षक नाफा कमाएका छन् । सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाले रू. ५६ करोड ३९ लाख ३९ हजार नाफा कमाएको छ  । कम्पनीको नाफा गत आवको तुलनामा नाफा चालू आवमा १०६ प्रतिशतले वृद्धि भएको छ ।  त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तुलनामा चालू आवमा २५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू. ९५ लाख ६ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवमा वृद्धि गरेर रू. ३ करोड ३२ लाख ८३ हजार नाफा कमाएको छ । त्यसैगरी मानुुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको छ । गत आवको तुलनामा उक्त कम्पनीको नाफा १२६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको थियो । तीन ओटै कम्पनीको खुद ब्याज आम्दानी सञ्चालन नाफा र खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढेको हो ।                                                                                        स्रोत : नेपाल धितोपत्र बोर्ड