१ अर्ब ७१ करोड खराब कर्जा संकलन गरेसँगै मानुषी लघुवित्तको नाफा १२६ % वृद्धि

वैशाख २१, काठमाडौं ।  गत आवको तेस्रो त्रैमासको तु्लनामा चालू आवको सोही अवधिमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा १२६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको हो ।  कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ७१ करोड २६ लाख खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३७ करोड ३२ लाख सापटि लिएर,रू. ६२ करोड २२ लाख निक्षेप संकलन गरेर रू. ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा भने रू. १ अर्ब ६९ करोड २७ लाख ऋणात्मक रहेको छ ।  

सम्बन्धित सामग्री

आर्थिक संकटको असर बैंकको वित्तीय विवरणमा : नाफा घट्दा, खराब कर्जा दोब्बर

काठमाडौं। कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायत कारण आर्थिक गतिविधि सुस्त हुँदाको असर बैंकहरूको वित्तीय विवरणमा पनि देखिन थालेको छ ।  चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा बैंकहरूको नाफामा उल्लेख्य गिरावट आउँदा खराब कर्जामा भने उच्च वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा यो वर्ष पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको हो ।  गत आवको पहिलो, दोस्रो र तेस्रो त्रैमाससम्म नाफाको वृद्धिदर घटे पनि चौथो त्रैमासमा आइपुग्दा सुधार देखिएको  थियो । यसै गरी गत आवको शुरूदेखि नै लगातार उकालो लागेको खराब कर्जामा पनि आवको अन्त्यमा आइपुग्दा सुधार भएको थियो ।  तर, उक्त सुधार टिक्न सकेन । चालू आवको पहिलो त्रैमासमै बैंकहरूको प्रदर्शन खराब देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ९४ प्रतिशत, दोस्रोमा ११ दशमलव १० प्रतिशत र तेस्रोमा ११ दशमलव ६७ प्रतिशत नाफा वृद्धि भएको थियो । चौथो त्रैमासमा आइपुग्दा नाफा वृद्धिदर २४ दशमलव ९३ प्रतिशत पुगेको थियो । चालू आवको पहिलो त्रैमासमा भने बैंकहरूको नाफा करीब १९ प्रतिशत घटेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले कुल १३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा १२ ओटा बैंकको नाफा घट्दा आठओटाको बढेको छ । कृषि विकास बैंकको नाफा ऋणात्मक छ । बैंकहरूको खराब कर्जा वृद्धिसँगै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर देखिएको हो ।  बैंकहरूको औसत खराब कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१, दोस्रो त्रैमासमा २ दशमलव ३१ प्रतिशत र तेस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ४ प्रतिशत थियो । गत आवको चौथो त्रैमासमा खराब कर्जा घटाएर २ दशमलव ८ प्रतिशतमा सीमित गरेकोमा चालू आवको पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ५ दशमलव ३३ प्रतिशत पुग्दा कुमारीको ४ दशमलव ८९ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाको ४ दशमलव ८३, लक्ष्मी सन्राइजको ४ दशमलव ६९, हिमालयनको ४ दशमलव ६७ र ग्लोबल आइएमई बैंकको ४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक गतिवधिमा कमी आउँदा बैंकहरूको कर्जा असुली प्रभावित भएसँगै खराब कर्जा बढेको हो । खराब कर्जा वृद्धिले वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गर्छ । वाणिज्य बैंकहरूको खुद नाफा घटेपछि तिनका शेयरधनीलाई वितरणयोग्य नाफा पनि कमजोर भएको छ । बैंकहरूले चालू आवको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशत कम हो ।

करीब १२ करोड खराब कर्जा उठाएको महिला लघुवित्तको नाफा करीब ५६% वृद्धि

वैशाख २१, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ११ करोड ७० लाख ९९ हजार खराब कर्जा संकलन गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खराब कर्जा संकलन ४३९ दशमलव ४३ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १७ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको थियो । यस वर्ष खराब कर्जा संकलन उल्लेख्य मात्रामा बढेसँगै कम्पनीको खुद नाफामा पनि ५५ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ६ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी ले यस वर्ष रू. १० करोडभन्दा बढी खुद नाफा गरेको हो । सम्भावित जोखिम शीर्षमा ९३ प्रतिशत बढी रकम छुट्याएको कम्पनीको सञ्चालन नाफा भने ४८ प्रतिशत कम भएको छ । गत वर्ष रू. ७ करोड ९२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड १० लाखमात्र सञ्चालन नाफा गरेको हो । ४७ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १४ करोड ७५ लाख कायम गरेको कम्पनीको जगेडा कोष रकम ३० दशमलव ३६ प्रतिशत बढी रू. २५ करोड कायम भएको छ ।  कम्पनीले गत वर्षभन्दा २४ दशमलव ३३ प्रतिशत बढी रू. २ अर्ब ७३ करोड कर्जा सापटी लिएको कम्पनीले ३७ दशमलव ४५ प्रतिशत बढी रू. ४ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको निक्षेप संकलन भने गत वर्षभन्दा करीब ४४ प्रतिशत बढी रू. १ अर्ब २४ करोड भएको छ ।                                                स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

खराब कर्जा संकलनमा वृद्धि भएसँगै स्वावलम्बन लघुवित्तको नाफा बढ्यो

माघ २४, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १८ करोड ४५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ करोड ५१ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ७ करोड ९३ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ८० करोड सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४३ करोड सापटी लिएर, रू. ११ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. १८ अर्ब ९६ करोड कर्जा लगानी गरेको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ९०, मूल्य आम्दानी अनुपात ३३ दशमलव ४१ प्रतिशत, तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६० दशमलव ४४ रहेको छ ।  यो पनि हेर्नुस् : १४ करोडभन्दा बढी खराब कर्जा उठाएको स्वावलम्बन लघुवित्तको नाफा करीब ७४% ले वृद्धि तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्तको नाफा ५२ % घट्यो

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ८७ % बढ्यो

माघ १२, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ४ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. ५ करोड ७१ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ९३ लाख खराब कर्जा उठेकाले कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६८ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले  वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू.२७ करोड रहेको छ भने जगेडामा रू. ११ करोड १८ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ९८ करोड ८९ लाख सापटि लिएर, रू.१ अर्ब १३ करोड ६४ लाख निक्षेप संकलन गरेर रू.४ अर्ब ३७ करोड २६ लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ९४ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ३४ प्रतिशतमा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३६(वार्षिककीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ३० गुणा,तरलता अनुपात १३ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ७४ रहेको छ ।  यो पनि हेर्नुस् : खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ३.३६ गुणा बढ्यो ३ करोडभन्दा बढी खराब कर्जा उठाएको सबैको लघुवित्तको नाफा ११ करोडभन्दा बढी ४ करोड ४४ लाख खराब कर्जा उठाएको सबैको लघुवित्तको खुद नाफा ३.२२ गुणा वृद्धि

खराब कर्जा संकलनमा वृद्धि भएसँगै इन्फिनीटी लघुवित्तको नाफा ११७ % बढ्यो

कात्तिक २६, काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अुनसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११७ प्रतिशत वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू.२ करोड १८ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू(४ करोड ७४ लाख ९६ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको र रू. २ करोड ९ लाख २७ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।   कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ४६ लाख रहेको छ भने जगेडामा रू. २७ करोड ९ लाख ८० हजार सञ्चित रहेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ८४ करोड २४ लाख सापटि लिएर ,रू. १ अर्ब २३ करोड ७० लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २० करोड ८० लाख कर्जा लगानी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ५३(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३१ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव ४८ रहेको छ ।    यो पनि हेर्नुस् : चौथो त्रैमासमा इन्फिनीटी लघुवित्तको नाफा १६५ % बढ्यो

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सूर्योदय लघुवित्तको नाफा १५९ % ले  वृद्धि

कात्तिक २५, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५९ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू.१ करोड १८ लाख २७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ३ करोड ६ लाख नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ३ करोड ३३ लाख ९१ हजार खराब कर्जा उठाएकाले कम्पनीको  नाफा बढ्नमा टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. २४ करोड ८० लाख ४२ हजार रहेको छ भने जगेडामा कम्पनीले रू. २१ करोड ४१ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ अर्ब ४ करोड ६६ लाख सापटि लिएर,रू.१ अर्ब ५५ करोड २४ लाख निक्षेपन संकलन गरेर रू. ४ अर्ब ४८ करोड ७ लाख कर्जा लगानी गरेको छ ।  त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू.४९ दशमलव ४१(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३४ दशमलव ६७ गुणा, तरलता अनुपात ८ दशलमव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१८६ दशमलव ३२ रहेको छ ।  यो पनि हेर्नुस् : वोमी लघुवित्त र सूर्योदय लघुवित्त बीच एकापसमा गाभिने सम्झौता, शेयर कारोबार पनि रोक्का सञ्चालन घाटामा रहेको सूर्योदय लघुवित्तको नाफा वृद्धिमा खराब कर्जाको साथ सूर्योदय लघुवित्तले गर्‍यो १६.१६ % लाभांश प्रस्ताव

खराब कर्जा संकलनमा वृद्धि भएसँगै युनिक नेपाल लघुवित्तको नाफा २९३ % बढ्यो

कात्तिक २४, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९३ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ८२ लाख २० हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा पनि वृद्धि र रू.४ करोड ८८ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू.९ करोड ६८ लाख रहेको छ भने जगेडामा रू. २१ करोड ८१ लाख सञ्चित रहेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, रू.२ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।  यो पनि हेर्नुस् : तेस्रो त्रैमासमा युनिक नेपाल लघुवित्तको नाफा ७६% बढ्यो एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा युनिक नेपाल लघुवित्तले कमायो ४ करोड ४२ लाख खुद नाफा

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

५३ लाख ९२ हजार खराब कर्जा उठाएको मिथिला लघुवित्तको नाफा १३८ % ले वृद्धि

साउन २२, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १३८ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. २ करोड ३५ लाख ३३ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ५ करोड ६१ लाख ५७ हजार नाफा गरेको हो  ।  गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ५३ लाख ९२ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५६ प्रतिशत र सञ्चालन नाफा १४७ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १५ करोड २३ लाख ३० हजार सञ्चित  गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ५९ प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ३ दशमलव ३० प्रतिशत पुगेको हो ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.४६ दशमलव १३,मूल्य आम्दानी अनुपात ५० दशमलव ८३ गुणा, तरलता अनुपात ८ दशमलव ९५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२२५ दशमलव १३ रहेको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा १४६ % बढ्यो

वैशाख २६, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू.१ करोड ९३ लाख ३२ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ४ करोड ७७ लाख १३ हजार नाफा कमाएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।   गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशतले वृद्धि भएको छ ।  साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २३ लाख ८२ हजार खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू. ८ करोड ९१ लाख ४ हजार सञ्चित गरेको छ । कम्पनीले हालसम्म आईपीओ भने निष्कासन गरेको छैन ।