खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा १४६ % बढ्यो

वैशाख २६, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू.१ करोड ९३ लाख ३२ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ४ करोड ७७ लाख १३ हजार नाफा कमाएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।   गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशतले वृद्धि भएको छ ।  साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २३ लाख ८२ हजार खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू. ८ करोड ९१ लाख ४ हजार सञ्चित गरेको छ । कम्पनीले हालसम्म आईपीओ भने निष्कासन गरेको छैन ।  

सम्बन्धित सामग्री

आईपीओ निष्कासन गरिरहेको सिवाईसी नेपाल लघुवित्तको नाफा १०९ % बढ्यो

वैशाख ५, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०९ प्रतिशत वृद्धि भएको हो । गत आवमा रू. ४ करोड ७७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा वृद्धि भएर रू. ९ करोड ९९ लाख पुगेको छ। चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ७ करोड १३ लाख खराब कर्जा उठाउन कम्पनी व्वस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा  चालू आवमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको छ । कम्पनीले हाल आईपीओ निष्कासन गरिरहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि पूँजी रू.१२ करोड १६ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३० करोड ४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४६ करोड सापटि लिएर,रू. १ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब ३७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको छ । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि,६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त  आईपीओमा आवेदकले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% बढ्यो

माघ ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ८१ लाख ६५ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ६ करोड ४२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा भने कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ६ट लाख २४ हजार रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ४२ लाख मा झरेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडामा रू. १५ करोड २८ लाख २९ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १ करोड ९२ लाख सापटी लिएर, रू. १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको हो । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।