खराब कर्जा संकलनमा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ८७ % बढ्यो

माघ १२, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ४ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. ५ करोड ७१ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ९३ लाख खराब कर्जा उठेकाले कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६८ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले  वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू.२७ करोड रहेको छ भने जगेडामा रू. ११ करोड १८ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ९८ करोड ८९ लाख सापटि लिएर, रू.१ अर्ब १३ करोड ६४ लाख निक्षेप संकलन गरेर रू.४ अर्ब ३७ करोड २६ लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ९४ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ३४ प्रतिशतमा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३६(वार्षिककीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ३० गुणा,तरलता अनुपात १३ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ७४ रहेको छ ।  यो पनि हेर्नुस् : खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ३.३६ गुणा बढ्यो ३ करोडभन्दा बढी खराब कर्जा उठाएको सबैको लघुवित्तको नाफा ११ करोडभन्दा बढी ४ करोड ४४ लाख खराब कर्जा उठाएको सबैको लघुवित्तको खुद नाफा ३.२२ गुणा वृद्धि

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा सबै वाणिज्य बैंकको खराब कर्जा बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  उक्त विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा कृषि विकास बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा ५ दशलमव ३३ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा २ दशमलव ८३ प्रतिशत थियो ।  समीक्षा अवधिमा पाँच वाणिज्य बैंकहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ ।  सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा शून्य दशमलव ९ प्रतिशत छ । एभरेष्टपछि सबैभन्दा कम खराब कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा १ दशलमव १ प्रतिशत छ ।  ऋणीले समयमै कर्जाको साँवा–ब्याज भुक्तानी नगर्दा खराब कर्जा बढेको जानकारहरू बताउँछन् । खराब कर्जा बढ्नु कम्पनीका लागि राम्रो मानिँदैन । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । खराब कर्जा ५ प्रतिशत वा सोभन्दा बढी हुने बैंक तथा वित्तीय संस्थाहरूले नाफा गरे पनि लगानीकर्तालाई लाभांश वितरण गर्न पाउँदैनन् ।  लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थाको शेयर खरीद गर्नुअघि कम्पनीको खराब कर्जा अनुपातलाई विशेष ध्यान दिन अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।  के हो खराब कर्जा ? खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रदर्शन परीक्षण गर्ने एक आधार हो । बैंक तथा वित्तीय संस्थाले ऋणीले लिएको कर्जाको साँवा र ब्याजको निर्धारित रकम ९० दिनसम्म भुक्तानी गरेको छैन भने त्यस्तो कर्जालाई खराब कर्जाअन्तर्गत राख्ने गरेका छन् ।  वाणिज्य बै‌ंकहरूको गत आव र चालू आवको पहिलो त्रैमासकाे निष्क्रिय कर्जा स्रोत : बैंकहरूको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै स्वावलम्बन लघुवित्तको नाफा बढ्यो

माघ २४, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १८ करोड ४५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ करोड ५१ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ७ करोड ९३ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ८० करोड सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४३ करोड सापटी लिएर, रू. ११ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. १८ अर्ब ९६ करोड कर्जा लगानी गरेको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ९०, मूल्य आम्दानी अनुपात ३३ दशमलव ४१ प्रतिशत, तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६० दशमलव ४४ रहेको छ ।  यो पनि हेर्नुस् : १४ करोडभन्दा बढी खराब कर्जा उठाएको स्वावलम्बन लघुवित्तको नाफा करीब ७४% ले वृद्धि तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्तको नाफा ५२ % घट्यो

खराब कर्जा संकलनमा वृद्धि भएसँगै इन्फिनीटी लघुवित्तको नाफा ११७ % बढ्यो

कात्तिक २६, काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अुनसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११७ प्रतिशत वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू.२ करोड १८ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू(४ करोड ७४ लाख ९६ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको र रू. २ करोड ९ लाख २७ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।   कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ४६ लाख रहेको छ भने जगेडामा रू. २७ करोड ९ लाख ८० हजार सञ्चित रहेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ८४ करोड २४ लाख सापटि लिएर ,रू. १ अर्ब २३ करोड ७० लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २० करोड ८० लाख कर्जा लगानी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ५३(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३१ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव ४८ रहेको छ ।    यो पनि हेर्नुस् : चौथो त्रैमासमा इन्फिनीटी लघुवित्तको नाफा १६५ % बढ्यो

धौलागिरी लघुवित्तले उठायो रू. ५० लाख ८० हजार खराब कर्जा

कात्तिक २४, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. ५० लाख ८० हजार खराब कर्जा उठाएको छ । त्यसैगरी खराब कर्जा संकलनमा वृद्धि भएसँगै  कम्पनीको नाफा पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ४३ गुणा वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ५ लाख ३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. ९७ लाख ७५ हजार नाफा कमाएको छ । त्यसैगरी, चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ भने जगेडामा रू. ९ करोड ५६ लाख सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ६१ करोड ३ लाख सापटि लिएर, रू.५७ करोड ५९ लाख ४० हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ३८ करोड ८० लाख कर्जा लगानी गरेको छ ।    यो पनि हेर्नुस् : चौथो त्रैमासमा धौलागिरी लघुवित्तको खुद नाफा ३.९ गुणा वृद्धि खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै धौलागिरी लघुवित्तको नाफा ९९ % बढ्यो धौलागिरी लघुवित्तले चौथो त्रैमाससम्ममा कमायो ८८ लाखभन्दा बढी नाफा

खराब कर्जा संकलनमा वृद्धि भएसँगै युनिक नेपाल लघुवित्तको नाफा २९३ % बढ्यो

कात्तिक २४, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९३ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ८२ लाख २० हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा पनि वृद्धि र रू.४ करोड ८८ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू.९ करोड ६८ लाख रहेको छ भने जगेडामा रू. २१ करोड ८१ लाख सञ्चित रहेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, रू.२ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।  यो पनि हेर्नुस् : तेस्रो त्रैमासमा युनिक नेपाल लघुवित्तको नाफा ७६% बढ्यो एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा युनिक नेपाल लघुवित्तले कमायो ४ करोड ४२ लाख खुद नाफा

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा १४६ % बढ्यो

वैशाख २६, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू.१ करोड ९३ लाख ३२ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ४ करोड ७७ लाख १३ हजार नाफा कमाएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।   गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशतले वृद्धि भएको छ ।  साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २३ लाख ८२ हजार खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू. ८ करोड ९१ लाख ४ हजार सञ्चित गरेको छ । कम्पनीले हालसम्म आईपीओ भने निष्कासन गरेको छैन ।

१ करोड ७२ लाख खराब कर्जा उठाएको आरएसडिसी लघुवित्तको नाफा ४०% बढ्यो

वैशाख २०, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड ४३ लाख नाफा कमाएको चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ६३ लाख पुगेको हो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ७२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न सहयोग पुगेको हो । चुक्तापूँजी रू. ७३ करोड १९ लाख ६० हजार रहेको कम्पनीले जगेडा काोषमा रू. १३ करोड ८६ लाख ६५ हजार सञ्चित गरेको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत र सञ्चालन नाफा २३ प्रतिशतले वृद्धि भएको हो ।  सोही अवधिमा प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९०, मूल्य आम्दानी अनुपात ६५ दशमलव ६८, तरलता अनुपात ४ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ९४ पुगेको छ ।