खराब कर्जा संकलनमा वृद्धि भएसँगै सूर्योदय लघुवित्तको नाफा १५९ % ले  वृद्धि

कात्तिक २५, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५९ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू.१ करोड १८ लाख २७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ३ करोड ६ लाख नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ३ करोड ३३ लाख ९१ हजार खराब कर्जा उठाएकाले कम्पनीको  नाफा बढ्नमा टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. २४ करोड ८० लाख ४२ हजार रहेको छ भने जगेडामा कम्पनीले रू. २१ करोड ४१ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ अर्ब ४ करोड ६६ लाख सापटि लिएर,रू.१ अर्ब ५५ करोड २४ लाख निक्षेपन संकलन गरेर रू. ४ अर्ब ४८ करोड ७ लाख कर्जा लगानी गरेको छ ।  त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू.४९ दशमलव ४१(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३४ दशमलव ६७ गुणा, तरलता अनुपात ८ दशलमव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१८६ दशमलव ३२ रहेको छ ।  यो पनि हेर्नुस् : वोमी लघुवित्त र सूर्योदय लघुवित्त बीच एकापसमा गाभिने सम्झौता, शेयर कारोबार पनि रोक्का सञ्चालन घाटामा रहेको सूर्योदय लघुवित्तको नाफा वृद्धिमा खराब कर्जाको साथ सूर्योदय लघुवित्तले गर्‍यो १६.१६ % लाभांश प्रस्ताव

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको नाफा दोब्बर वृद्धि

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाको नाफा अघिल्लो वर्षभन्दा झण्डै दोब्बर वृद्धि भएको छ। जोखिममा रहेको कर्जालाई बैंकले असुली र नवीकरण गर्न सफल भएपछि नाफा दोब्बर वृद्धि भएको हो। बैंकका प्रबन्धक सविता शाहीका अनुुसार ०७८।७९ मा बैंकले कुल नाफा एक करोड ४६ लाख कमाउन सफल भएको छ। जबकि ०७७।७८ मा उक्त बैंकले नाफा ७६ […]

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।गत आवको अन्त्यसम्ममा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ […]

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भए पनि खर्चमा भने वृद्धि […]

ग्लोबल बैंकको नाफा २५%ले वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।...

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ

साना किसान लघुवित्तको नाफा ८.९० प्रतिशतले वृद्धि

साना किसान लघुवित्तको नाफामा ८.९० प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.९० प्रतिशतले नाफा वृद्धि गर्दै खुद नाफा ५० करोड २५ लाख १७ हजार पु¥याएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।वित्तीय रिपोर्ट अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा भने केही संकुचन आएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ४२ रुपैयाँ ८

किसान लघुवित्तको नाफा २१ प्रतिशतले वृद्धि

काठमाडौ, ४ फागुन । किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ५२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज […]

कालिका पावर कम्पनीको नाफा १७ प्रतिशतले वृद्धि

काठमाडौं, २७ माघ । कालिका पावर कम्पनी लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले आज (बिहिबार) सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३६ लाख नाफा कमाएकोमा यस वर्ष ६ करोड २८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत् विक्री […]

अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि

अफिस र क्लाउडको कारणले माइक्रोसफ्टको नाफा २१ प्रतिशतले वृद्धि भएको छ । जनवरी २४ मा सार्वजनिक भएको वर्षको दोस्रो क्वाटरको रिपोर्ट अनुसार कम्पनीले आफूसँग ५१.७ बिलियन अमेरिकी डलरको सम्पत्ति भएको बताएको छ जुन गत वर्षको भन्दा करिब २० प्रतिशतले बढि हो । कम्पनीले १८.८ बिलियन डलर नाफा भएको पनि खुलाएको छ जुन भनेको २१ प्रतिशतले वृद्धि हो । माइक्रोसफ्टको क्लाउड व्यवसाय २६...

एनआइसी एसिया लघुवित्तको नाफा १२२ प्रतिशतले वृद्धि

एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले नाफा वृद्धि गर्दै कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले जम्मा १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  यस्तै समीक्षा अवधिमा कम्पनीले ब्याज आम्दानी ९०.१२ प्रतिशतले र सञ्चालन नाफा १८३.७३ प्रतिशतले वृद्धि गरेको छ । यता, खुद नाफामा उच्च सुधार भएका