साउन १५, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ६ करोड ५ लाख नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीको नाफा रू.१ करोड ३७ लाख ८१ हजार ऋणात्मक थियो । गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू. ४६ लाख ९० हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफामा सुधार आएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ९ करोड ३५ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू.१४ करोड ९५ लाख २६ हजार पुगेको हो ।
चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ९ करोड २१ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ८ करोड ७९ लाख बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर रू. ६८ करोड १९ लाख ९९ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ८१ करोड ६२ लाख ६८ हजार कर्जा लगानी गरेको छ ।