कञ्चनपुरमा राजमोको विरोधसभा

पुष्कर भट्ट/महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमको विरुद्ध देशव्यापी रूपमा आयोजित विरोध कार्यक्रमअन्तर्गत आज पुस २० गते कञ्चनपुर जिल्ला महेन्द्रनगरको मदनचोकमा कोणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको बताउनुभयो । राजमो नेता भट्टले जननिर्वाचित सरकारको प्रमुखले प्रतिनिधि सभा विघटन गर्ने कार्य गम्भीर गल्ती भएकाले त्यसलाई तत्कालै सच्याउँदै संसद पुनः स्थापना गरिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा राजमो जिल्लाध्यक्ष रामबहादुर कार्कीले समेत आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) महासचिव महेशराज जोशी, रक्तिमका जिल्ला संयोजक ललित चन्द, वामपन्थी नेता जनक कुँवर, राजमोका जिल्ला सचिव अभिमान थापा, राजमो नगर सदस्य पदम साउद युवा नेता हरि शर्मालगायत नेताहरूको सहभागिता रहेको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव लालबहादुर कुँवरले सञ्चालन गर्नुभएको थियो ।  

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध साना ११ दलले सोमबार जुलुस तथा विरोधसभा गर्ने

काठमाडौँ– एमसीसीको विरोधमा ११ वटा साना दलले आन्दोलन घोषणा गरेका छन् । प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि सीपी मैनाली महासचिव रहेको नेकपा मालेलगायत ११ दलले एमसीसी सम्झौताविरुद्ध २३ गते जुलुस तथा विरोधसभा गर्न लागेका हुन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभा गर्ने जनाएका छन् । यस मध्यान्ह साढे १२ […]

बार आन्दोलन : सर्वोच्चसहित देशभरका उच्च अदालतमा विरोधसभा

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनरत बार एसोसिएसनले आज (बुधबार)देशभरका उच्च अदालतमा विरोधसभा गरेको छ। चौथो चरणकोआन्दोलनअन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको छ। इलाम उच्च अदालतको विरोधसभालाई बारका...

नवलपरासीमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

परासी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि पाशविक ढङ्गले भएको हत्याको विषयमा नवलपरासीमा विरोधसभा सम्पन्न भएको छ । भागरथीकी अपराधीलाई कारबाहीका लागि शान्तिपूर्ण कार्यक्रममा हिजो अखिल (छैठौँ) र राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्तामाथि धरपकड गरेर सरकारले फासिवादी शैली अपनाएको विरोधमा आज माघ २६ गते मुलुकभरि कार्यक्रम गर्ने क्रममा सुनवल नगरपालिका–१० गैडाखालमा सो कार्यक्रम सम्पन्न भएको हो । विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय उपाध्यक्ष उत्तमराज खरेलले निर्मला हत्याकाण्डजस्तै भागरथी भट्टका हत्यारालाई पनि उम्काउन सक्ने हँुदा राष्ट्रिय जनमोर्चाले सरकारलाई दबाब दिन खोजेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदी, अखिल नेपाल जनजाति सम्मेलन जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशी र अखिल नेपाल किसान महासङ्घ नवलपरासी जिल्लाध्यक्ष जितबहादुर पौडेलले समेत मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय जनमोर्चा सुनवल वडा नं. १० का अध्यक्ष देविराम सरभुजाको अध्यक्षता र धनपति सापकोटाको सञ्चालनमा विरोध कार्यक्रम भएको थियो ।

चितवनमा अखिल नेपाल किसान महासंघको विरोधसभा

भरतपुर । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यतामा रत्ननगरपालिका–१ बकुलर चोकमा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मी प्रतिनिधि सभा विघटनको कदमले नेपाली किसानलाई पनि प्रभाव परेको बताउनुभयो । किसानहरू आफ्ना मागको पक्षमा चरणबद्ध आन्दोलन चलाइरहेकै बेला प्रतिनिधि सभा विघटन भएको भन्दै उहाँले तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सो अववसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव डम्मर पुरी, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य गोविन्द अम्माई र अखिल नेपाल टेड्र युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसीले पनि मन्तव्य राख्नुभएको थियो । किसान महासङ्घ चितवनका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई किसान महासङ्घकै जिल्ला उपाध्यक्ष चन्द्रकला क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]

कालीकोटमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

कमलविक्रम शाही/मान्म । कालिकोटको सदरमुकाम मान्ममा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । २०७७ माघ ९ गते सम्पन्न सो सभामा अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पान्डे, नेकपा (मसाल) कालिकोटका प्रवक्ता देवजङ्ग शाही र अखिल नेपाल शिक्षक सङ्घका अजय गिरीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ओली सरकारले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक, अधिनायकवादी र स्वेच्छाचारी बताउँदै त्यसलाई सुधार गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा कालीकोटका जिल्लाध्यक्ष कृष्णबहादुर शाहीले गर्नुभएको थियो भने सञ्चालन मीनबहादुर शाहीले गर्नुभएको थियो ।

सुनसरीमा राजमोको विरोधसभा

सुनसरी । राष्ट्रिय जनमोर्चा सुनसरीले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।  ‘संसद विघटन गर्ने ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक अधिनायकवादी कदमको विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नाराका साथ सोमबार धरानको भानुचोकमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभामा राजमो प्रदेश नम्बर १ का सचिव विशाल पहाडी, राजमो जिल्ला कार्यवाहक अध्यक्ष किशोर राई र राजमो धरान उपमहानगरपालिकाका नगर अध्यक्ष दिपबहादुर खड्काले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला सहसचिव धर्म बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

राजमो सुर्खेतले सम्पन्न गर्यो विरोधसभा

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेन्द्रचोकमा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै जिल्लाध्यक्ष गोविन्दप्रसाद सुवेदीले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कदमले देश प्रतिगमनको दिशातर्फ जान सक्ने भएकाले त्यसको विरोध गर्नु गणतन्त्रप्रेमी जनताको कर्तव्य भएको बताउनुभयो । सो अवसरमा अखिल (छैठौं) का हरि बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्म दानी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती ले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला कोषाध्यक्ष विष्णुप्रसाद शर्माले तथागर्नुभएको थियो ।

दैलेखको बेस्तडामा राजमोको विरोधसभा

दैलेखबजार । राष्ट्रिय जनमोर्चाले दैलेखको बेस्तडामा आज विरोधसभा सम्पन्न गरेको छ । कार्यक्रममा राजमो कर्णाली प्रदेश उपाध्यक्ष कमल बिक्रम शाही, राजमो दैलेखका अध्यक्ष अम्बरबहादुर नेपाली, राजमो दैलेख जिल्ला समितिका सल्लाहकार पूर्णबहादुर शाही र नेकपा (मसाल) दैलेखका प्रवक्ता सुरत रावतलगायतले मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्ने वक्ताहरूले प्रतिनिधि सभा तत्कालै स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नरबहादुर सिहले गर्नुभएको थियो ।