नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]

सम्बन्धित सामग्री

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध

रानाथारु भाषालाई कैलाली र कञ्चनपुरका राना समुदायले सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश को कैलाली र कञ्चनपुरमा बस्ने राना थारु समुदायले आज कैलालीको धनगढीमा विरोधसभा गरेको हो । भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थान नदिएपछि राना थारु समुदाय विरोधमा उत्रिएका हुन । विरोधसभालाई सम्बोधन गर्दै राना थारु समुदायकी नेतृ प्रेम मति रानाले कैलाली र कञ्चनपुरका राना समुदायले राना थारु भाषालाई सूचीकृत गरी सरकारी भाषाको

माइतीघरमा दोस्रोपटक धर्ना बसे प्रचण्ड-माधव (फोटो फिचर)

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन्। यसअघि पुस १० गते पनि 'हामी यहाँ छौँ' भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक

धनगढीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा प्रचण्ड-माधव नेपाल समूहले‍ विरोधसभा आयोजना गरेको छ

प्रतिनिधि सभा विघटनको विरोधमा कैलालीको धनगढीमा विरोधसभा

धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले धनगढीको पिपलचौतारामा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको प्रमुख आतिथ्यतामा मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सम्बोधन गर्दै राजमो नेता भट्टले प्रतिनिधि सभा विघटनलाई तत्कालै सच्याउँदै त्यसको पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनताको आन्दोलनले नै प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा बल पुग्ने बताउँदै उहाँले आम जनतालाई आन्दोलनमा उत्रन आग्रह गर्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य नन्दराज भट्ट, राजमो परिषद् सदस्य खडक राना, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, राजमो कैलालीका जिल्ला सचिव जगत् जोशी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रसान्त थापा र मूल प्रवाह अखिलल भारत नेपाली एकता समाजका नेता हिरासिंह चन्दले पनि सम्बोधन गर्नुभएको थियो । अखिल (छैठौं) का रा ष्ट्रिय पार्षद टङ्क अवस्थीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता राजमो धनगढी उपमहानगरपालिका समितिका सचिव टीका नेपाली तथा सञ्चालन राजमो नगर अध्यक्ष डबल बोगटीले गर्नुभएको थियो ।

नेकपाले माघ १७ गते धनगढीमा विरोधसभा गर्ने, अध्यक्षद्वय प्रचण्ड र नेपाल आउने

कैलालीको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभा गर्ने भएको छ । नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाबारे जानकारी दिए । इन्चार्ज रावलले प्रतिनिधिसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी आउने समेत जानकारी दिए ।  ‘व्यापक जनसहभागितासहित हामीले केपी ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका २ अध्यक्षले सम्बोधन ...

प्रधानमन्त्रीको कदमले सहिदको रगतको अवमूल्यन गर्‍याे : भट्ट

धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सहिदहरुको रगतको अवमूल्यन गरेको बताउनुभएको छ । विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै राजमो कैलालीले सोमबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टले अप्रधानमन्त्री ओलीको कदम अप्रजातान्त्रिक र असंवैधानिक भएको बताउनुभयो । संसद विघटन गरि वैशाख १७ र २७ गते निर्वाचनको मिति तोक्नु गलत भएको भन्दै उहाँले प्रधानमन्त्रीले संसद विघटन गर्नै नसक्ने जिकीर गर्नुभयो । उहाँले राजमो मात्र नभएर २०६२–२०६३ को जनआन्दोलनमा सहभागि भएका सम्पूर्ण शक्ति पनि अहिले प्रधानमन्त्री ओलीले चालेको कदमका विरुद्धमा भएको भन्दै अहिले सम्पूर्ण जनता एकजुट भएर आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नेता भट्टले २०६२–६३ मा सामेल लाखौं लाख जनताको चाहना विरुद्ध प्रधानमन्त्री ओलीले कदम चालेको आरोप लगाउनु भयो । उहाँले अहिलेको संविधानमा बहुमत प्राप्त कसैले पनि संसद भंग गर्ने व्यवस्था नरहेको स्पष्ट गर्नुभयो । राजमो कैलालीले ‘संसद विघटनको विरोध गरौं, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने नारासहित धनगढीको पार्क मोडमा विरोधसभा सम्पन्न गरेको हो । कार्यक्रमलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव खड्क राना, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही, अखिल (छैठौं) का हेमराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राजमो जिल्ला सचिवालय सदस्य डबल बोगटीको सञ्चालन तथा जिल्ला सचिव जगत जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन गर्दै आएको छ । संसद विघटन भएदेखि नै संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा समेत गरेको छ ।