चितवनमा अखिल नेपाल किसान महासंघको विरोधसभा

भरतपुर । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यतामा रत्ननगरपालिका–१ बकुलर चोकमा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मी प्रतिनिधि सभा विघटनको कदमले नेपाली किसानलाई पनि प्रभाव परेको बताउनुभयो । किसानहरू आफ्ना मागको पक्षमा चरणबद्ध आन्दोलन चलाइरहेकै बेला प्रतिनिधि सभा विघटन भएको भन्दै उहाँले तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सो अववसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव डम्मर पुरी, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य गोविन्द अम्माई र अखिल नेपाल टेड्र युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसीले पनि मन्तव्य राख्नुभएको थियो । किसान महासङ्घ चितवनका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई किसान महासङ्घकै जिल्ला उपाध्यक्ष चन्द्रकला क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले […]

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमतीको दोस्रो भेला सम्पन्न

काठमाडौं, १ वैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशको दोस्रो भेला सम्पन्न भएको छ । हिजो (बिहीबार) काठमाडौंमा सम्पन्न भएको भेलाले रामप्रसाद दाहालको अध्यक्षतामा १५१ समिति गठन गरेका छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहेका थिए । […]

रासायनिक मलको मूल्यबृद्धि रोक्न छ किसान संगठनहरुको माग

काठमाडौं, २ चैत्र । विभिन्न कम्युनिष्ट पार्टी निकट छ किसान संगठनहरुले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेका छन् । चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बाँस्कोटा अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, रामदुलार महतो अध्यक्ष रहेको अखिल नेपाल किसान […]

अखिल नेपाल किसान महासंघको विरोध प्रदर्शन

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ ।माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । […]

अखिल नेपाल किसान महासंघद्वारा एमसीसीको विरोध

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विरोध गरेको छ । महासंघले विज्ञप्ती निकाल्दै जबरजस्ती संसदमा लगेर एमसीसीलाई अनुमोदन गर्न लागेकोमा आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ ।‘इतिहासमा कहिल्यै पनि विदेशीहरुको उपनिवेश नभएको नेपाल एक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन मुलुक हो ।’ महासंघले भनेको छ, ‘कुनै पनि विदेशी सहयोग, सम्झौता, दातृ निकाय वा राष्ट्र नेपालको संविधान र कानुनभन्दा माथि हुन सक्दैन ।’ नेपालको परराष्ट्र न

नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासंघ (अप्फा) मा प्रवेश

काठमाडौँ । काठमाडौँ कीर्तिपुर निवासी अध्यापन पेसाबाट सेवानिवृत्त हुनुभभएका बौद्धिक किसान नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा प्रवेश गर्नुभएको छ । किसान महासङ्घ (अप्फा) को केन्द्रीय कार्यालय बागबजारमा २०७७ फागुन १० गते आयोजित एक समारोहमाझ केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले अमात्यलाई अप्फाको सदस्यता प्रदान गर्दै सङ्गठनमा औपचारिक रूपमा प्रवेश गराउनुभएको हो । त्यसैगरी सोही कार्यक्रममा ललितपुर निवासी अर्का किसान प्रदुमन महर्जन पनि अप्फामा प्रवेश गर्नुभएको छ । प्रदुमन महर्जन पनि लगातार किसान आन्दोलनमै क्रियाशील व्यक्तित्व भएको अप्फाले जनाएको छ । अप्फा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार नीलकण्ठ अमात्य शिक्षक पेसामा रहनुका साथै कृषिपेसामा हुनुहुन्छ । काठमाडौँबाहेक चितवनमा पनि व्यावसायिक खेती गर्नुभएका अमात्यले कृषिक्षेत्रसँग सम्बन्धित रहेर धेरै जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । कृषि उत्पादन, किसानलाई वैज्ञानिक ज्ञान र कृषि उत्पादनको बजारीकरण—यी तीन सूत्रको आधारमा किसानलाई सङ्गठित गर्ने र किसान आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँ स्वतन्त्र रूपमा किसान आन्दोलनमा निरन्तर जोडँदै आइरहनुभएको छ । यसका लागि किसान सङ्गठन आवश्यक भएको महसुस गरी एक मात्र सही बाटो समातेको अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा सङ्गठित भई किसान आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने महसुस गर्दै किसान महासङ्घमा प्रवेश गर्नुभएको हो । किसानका साझा मुद्दाको आधारमा सबै किसान एकजुट हुने प्रक्रियामा अगाडि बढेको यो अवस्थामा नीलकण्ठ अमात्यजीको प्रवेशको बौद्धिक किसानलाई सङ्गठित हुन प्रेरणा दिएको छ भन्दै उहाँको प्रवेशले अप्फा झन् मजबुत हुने र किसान बुद्धिजीवीको अन्तरसम्बन्धले किसान आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने छ भन्दै अप्फाका अध्यक्ष श्री भैरवराज रेग्मीले उहाँलाई स्वागत गर्दै बधाई दिनुभयो । उक्त कार्यक्रममा अप्फाका जिल्लाध्यक्ष केबी घले, जिल्ला समितिका सचिव मोहन जिसी, जिल्ला समितिका सदस्य बेगमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

पोख्रेलको निधनप्रति अखिल नेपाल किसान महासंघ (अप्फा) द्वारा शोक व्यक्त

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्युठानका कृष्णप्रसाद पोख्रेलको निधनप्रति शोक व्यक्त गरेको छ । अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस २३ गते वक्तव्य जारी गर्दै शोक व्यक्त गरिएको हो । अखिल नेपाल किसान महासङ्घ झिमु्रक गाउँपालिका समितिको अध्यक्षसमेत रहनुभएका पोख्रेलको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ– “क. कृष्णप्रसाद पोख्रेलको असामयिक निधनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) गहिरो शोक व्यक्त गर्दछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजनप्रति समवेदना प्रकट गर्दछ । उहाँ झिमु्रक गाउँपालिकाको अप्फाको अध्यक्ष हुनुहुन्थ्यो । किसान हक, हित र किसानको मुक्तिका लागि उहाँ निरन्तर सङ्घर्षरत हुनुहुन्थ्यो । उहाँको निधनले एक किसान नेता गुमाउनुपरेको छ भने झिमु्रक गाउँपालिका र देशको एक होनहार किसान नेताको निधनले किसान आन्दोलनलाई क्षति पुग्न गएको छ ।”