वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेन्द्रचोकमा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै जिल्लाध्यक्ष गोविन्दप्रसाद सुवेदीले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कदमले देश प्रतिगमनको दिशातर्फ जान सक्ने भएकाले त्यसको विरोध गर्नु गणतन्त्रप्रेमी जनताको कर्तव्य भएको बताउनुभयो ।
सो अवसरमा अखिल (छैठौं) का हरि बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्म दानी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती ले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला कोषाध्यक्ष विष्णुप्रसाद शर्माले तथागर्नुभएको थियो ।