सुनसरीमा राजमोको विरोधसभा

सुनसरी । राष्ट्रिय जनमोर्चा सुनसरीले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।  ‘संसद विघटन गर्ने ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक अधिनायकवादी कदमको विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नाराका साथ सोमबार धरानको भानुचोकमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभामा राजमो प्रदेश नम्बर १ का सचिव विशाल पहाडी, राजमो जिल्ला कार्यवाहक अध्यक्ष किशोर राई र राजमो धरान उपमहानगरपालिकाका नगर अध्यक्ष दिपबहादुर खड्काले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला सहसचिव धर्म बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।