एमसीसीविरुद्ध साना ११ दलले सोमबार जुलुस तथा विरोधसभा गर्ने

काठमाडौँ– एमसीसीको विरोधमा ११ वटा साना दलले आन्दोलन घोषणा गरेका छन् । प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि सीपी मैनाली महासचिव रहेको नेकपा मालेलगायत ११ दलले एमसीसी सम्झौताविरुद्ध २३ गते जुलुस तथा विरोधसभा गर्न लागेका हुन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभा गर्ने जनाएका छन् । यस मध्यान्ह साढे १२ […]

सम्बन्धित सामग्री

महिला हिंसाका विरुद्ध राजधानीमा महिला संगठनहरूको प्रदर्शन र विरोधसभा

काठमाडौँ । महिलाहरूमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका हिंसा, बलात्कार र हत्याका विरुद्धमा २०७७ फागुन ८ गते राजधानीमा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको छ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), बिप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र नेकपा (संयुक्त) सँग आबद्ध महिला सङ्गठन मिलेर बनेको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको आयोजनामा सो विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो । राजधानीको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुस असन, ईन्द्रचोक हुँदै बसन्तपुर डबलीमा पुगेर विरोधसभामा परिणत भएको थियो । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको सञ्चालनमा विरोध सभा अघि बढेको थियो । विरोधसभालाई सम्बोधन गर्ने महिला नेतृहरूमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, बैज्ञानिक समाजवादी महिला सङ्गठनकी अध्यक्ष धनकुमारी सुनार, नेपाल महिला फेडरेसनकी सचिव आसा महर्जन र अखिल नेपाल महिला युनियनकी अध्यक्ष सीता सुवेदी रहेका थिए । सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे । सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे । विरोधसभामा कवयित्री तथा लेखिका सरिता तिवारी र इन्दिरा अधिकारीले महिला हिंसाका विरुद्धमा सशक्त कविता वाचन गरेका थिए । भागरथी भट्टलगायत देशभरि भएका महिला हिंसा, बलात्कार र हत्याका विरुद्धमा आयोजित सो प्रदर्शनमा सहभागीहरूले “हत्यारा बलात्कारीलाई कारबाही गर”, “महिला हिंसा बन्द गर”, “बलात्कारीलाई सार्वजनिक गर”, “फासिवादी सरकार मुर्दावाद”, “भ्रष्टाचारीलाइ कारबाही गर”, “वैदेशिक हस्तक्षेप बन्द गर”, “हिंसा होइन, सुरक्षा दे”, “दमन होइन, अधिकार दे” र “संयुक्त महिला आन्दोलन जिन्दावाद” लगायतका नारा लगाएका थिए ।

आज प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोधसभा गर्दैछ ।प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ ।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस तथा सुन्धाराबाट दिउँसो १२ बजे मूल जुलुस हुने जनाइएक...

प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दै

काठमाण्डौ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ । दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोधसभा गर्नु अघि काठमाण्डौका विभिन्न ठाउँबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् । यो समूहको केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कने जनाएको छ  । प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा ...

आज प्रचण्ड–नेपाल समूहको विरोधसभा, कुन-कुन स्थानबाट निस्कनेछन् जुलुस ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (बुधबारं) काठमाडौंमा विरोधसभा गर्दैछ । प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ ।

भोलि प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ ।  विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।     उक्त समूहका अध्यक्षद्वय प्रच...

माघ २८ गते प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोधसभा गर्दैछ । प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस तथा सुन्धाराबाट दिउँसो १२ बजे मूल जुलुस हुने जनाइएको छ ।

कञ्चनपुरमा प्रतिनिधि सभा विघटन विरुद्ध राष्ट्रिय जनमोर्चाको मसाल जुलससहित सभा

महेन्द्रनगर । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आज माघ १४ गते राष्ट्रिय जनमोर्चाले सुक्लाफाँटा नगरपालिकाको बन्साहचोकमा विरोधसभा तथा मसाल जुलुस प्रदर्शन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट हुनुहुन्थ्यो । प्रमुख अतिथि नन्दराज भट्टले सम्बोधनको क्रममा प्रधानमन्त्री केपी ओली प्रजातान्त्रिक हुन नसकेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले संविधानको प्रावधान विपरीत प्रतिनिधि सभा विघटन गरेको पनि बताउनुभयो । ओलीको यस खालको कदमले अमेरिकी सम्राज्यवाद र भारतीय समाजवादको चाहनानुसार राजनीतिक अस्थिरता उत्पन्न भएको पनि उहाँले बताउनुभयो । कार्यक्रमको अन्य अतिथिहरूमा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, राजमो जिल्लाध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जातीय समता समाज महासचिव गोविन्द विक, अखिल (छैठौं) कञ्चनपुरका जिल्लाध्यक्ष महेश भट्ट, जिल्ला सचिव पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियानका कञ्चनपुर जिल्ला संयोजक ललित चन्द, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य कमल साहु, अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भूपेन्द्र भण्डारी, महिला नेतृ गीता भण्डारीलगायत हुनुहुन्थ्यो । कार्यक्रममा महेशराज जोशी, लक्ष्मी बडु, गोविन्द विक, राजाराम चौधरी र रामबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । राजमो सुक्लाफाँटा नगर समितिका अध्यक्ष टुङे बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन राजमो जिल्ला सचिव अभिमान थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजमो जिल्ला कोषाध्यक्ष हरि लम्सालले मन्तव्यमार्फत् र रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक चन्द्रले गीतमार्फत् गर्नुभैको थियो ।

कैलालीमा मसाल जुलुससहित विरोधसभा सम्पन्न

धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजना प्रतिनिधि सभा विघटन विरुद्ध माघ ९ गते कैलालीको पहलमानपुरमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नरबहादुर विष्टले, सञ्चालन मेर्जन शाहीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य लक्षिराम आचार्य, जिल्ला सचिव जगत् जोशी र जिल्ला सदस्य अञ्जना मास्केले सम्बोधन गर्नुभएको थियो । त्यस्तै, मसुरियामा भएको कार्यक्रममा वक्ता राजमोका प्रदेश सदस्य लक्षिराम आचार्य, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, राजमोका जिल्ला सदस्य गोरबहादुर विक हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला सचिव जगत् जोशीले गर्नुभएको थियो । त्यसैगरी राजमोले चौमालामा भव्य मसाल जुलुस सम्पन्न गरेको छ । मसाल जुलुसपछिको कोणसभालाई राजमोका प्रदेश सदस्य लक्षिराम आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जगत् जोशीले गर्नुभएको थियो ।

जुलुस तथा विरोधसभा कार्यक्रममा जान अवरोध गरेपछि रसुवाका विद्यालय बन्द

रसुवा – काठमाडौँ केन्द्रित शिक्षक जुलुस तथा विरोधसभा कार्यक्रम भाग लिन जान लागेका शिक्षकलाई प्रहरीले रोकेको विरोधमा रसुवाका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको छ ।  जिल्लाबाट दुईवटा गाडी लिएर काठमाडौं जान लागेका टोलीलाई बेत्रावतीमा नेपाल प्रहरीले अवरोध गरेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति रसुवाका...