नवलपरासीमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

परासी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि पाशविक ढङ्गले भएको हत्याको विषयमा नवलपरासीमा विरोधसभा सम्पन्न भएको छ । भागरथीकी अपराधीलाई कारबाहीका लागि शान्तिपूर्ण कार्यक्रममा हिजो अखिल (छैठौँ) र राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्तामाथि धरपकड गरेर सरकारले फासिवादी शैली अपनाएको विरोधमा आज माघ २६ गते मुलुकभरि कार्यक्रम गर्ने क्रममा सुनवल नगरपालिका–१० गैडाखालमा सो कार्यक्रम सम्पन्न भएको हो । विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय उपाध्यक्ष उत्तमराज खरेलले निर्मला हत्याकाण्डजस्तै भागरथी भट्टका हत्यारालाई पनि उम्काउन सक्ने हँुदा राष्ट्रिय जनमोर्चाले सरकारलाई दबाब दिन खोजेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदी, अखिल नेपाल जनजाति सम्मेलन जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशी र अखिल नेपाल किसान महासङ्घ नवलपरासी जिल्लाध्यक्ष जितबहादुर पौडेलले समेत मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय जनमोर्चा सुनवल वडा नं. १० का अध्यक्ष देविराम सरभुजाको अध्यक्षता र धनपति सापकोटाको सञ्चालनमा विरोध कार्यक्रम भएको थियो ।

सम्बन्धित सामग्री

गुल्मीको सिमीचौर मैदानमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न

शंकर प्रसाद पोख्रेल/तम्घास ।। रेसुङ्गा नगरपालिकाको वडा नम्बर ११ मा राष्ट्रिय जनमोर्चाले ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छविलाल सर्तुङ्गी हुनुहुन्थ्यो भने विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष जीवन राना हुनुहुन्थ्यो । प्रमुख अतिथिबाट बोल्दै छबिलाल सर्तुङ्गीले केपी ओलीले चालेको कदम असंवैधानिक भएकोले संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले देश र जनताको पक्षमा बोल्ने पार्टी राष्ट्रिय जनमोर्चा भएकोले सबै जनताले राष्ट्रिय जनमोर्चा झन्डामुनि गोलबन्द हुन आग्रह गर्नुभएको थियो । त्यस्तै अन्य अतिथिहरूमा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य हरि न्यौपाने, रक्तिम सांस्कृतिक अभियानकी उषा त्रामु, राजमो नेताहरू लालबहादुर काउचा, नरबहादुर केसी, धना कुँवर, लिल कुँवर, शङ्करप्रसाद पोख्रेल रहनुभएको थियो । सभाको अध्यक्षता झकबहादुर बिकले गर्नुभएको थियो भने सञ्चालन अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष गुमानसिंह पुनले गर्नुभएको थियो । स्वागत भाषण थम्मन कुँवरले गर्नुभएको थियो । कार्यक्रममा सहिदहरूप्रति एक मिनेट मौन धारणा गरिएको थियो । कार्यक्रमको बिच बिचमा रक्तिम सांस्कृतिक अभियानले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

रुकुममा राष्ट्रिय जनमोर्चाको विरोधसभा

गिरीप्रसाद बुढा/मुसिकोट । राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित घरदैलो तथा जनभेटघाट कार्यक्रमअन्तर्गत तेस्रो दिन माघ २६ गत सिम्रुतु बजारमा कोणसभाको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराको साथ सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तब्य राख्नुभएको थियो । मन्तव्यको क्रममा बोल्दै वक्ता रत्नविक्रम राना प्यासीले वर्तमान ओली सरकारको असंवैधानिक कदम तथा प्रतिगमन नसच्चिएमा संयुक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्दै सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र, र धर्म निरपेक्षताको रक्षाका लागि सबै एकजुट हुन आह्वान गर्नुभएको थियो । जनभेटघाट तथा पर्चा वितरणपश्चात् सम्पन्न कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का तथा उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।

“वडावडामा सभा : टोलटोलमा समिति” अन्तर्गत दाङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

दाङ । राष्ट्रिय जनमोर्चा दाङको एकमहिने “वडावडामा सभा : टोलटोलमा समिति” अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर ५ को धर्नामा केपी ओली सरकारको असंवैधानिक कदमका विरुद्ध विरोधसभा सम्पन्न भएको छ । २०७७ माघ १७ गते सम्पन्न सो कार्यक्रमबाट राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न गर्दै समिति समेत पुनर्गठन गरिएको छ । कार्यक्रममा राजमो दाङका जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै केपी ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदमका विरुद्ध सम्पूर्ण जनता जुरुक्क उठेर आन्दोलनमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । यस प्रकारको स्प्रिटले आन्दोलन गरे मात्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुनसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा राजमोका जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, राजमो घोराही नगर समितिका अध्यक्ष हरि खरेल, जातीय समता समाजका जिल्ला सचिव बलदेव विकलगायतले मन्तव्य राख्नु भएको थियोे । सूर्यलाल नेपालीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सहजीकरण नगर सदस्य तेजनारायण आचार्यले गर्नुभएको थियोे । भेलाले सूर्यलाल नेपालीको अध्यक्षताम एक स्थान रिक्तसहित १५ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तेजनारायण आचार्य, सचिवमा बलदेव विक, सहसचिवमा अर्जुन नेपाल, कोषाध्यक्षमा रिता नेपाली र सदस्यहरूमा पूर्ण नेपाली, सिवलाल नेपाली, सन्तोष नेपाली, कुमानन्द नेपाली, पूर्ण नेपाली, कमला विश्वकर्मा, सिबा केसी, कुमानन्द नेपाली, लोकबहादुर केसी र प्रीतिराम नेपाली रहनुभएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा कैलालीको धनगढीमा विरोधसभा

धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले धनगढीको पिपलचौतारामा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको प्रमुख आतिथ्यतामा मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सम्बोधन गर्दै राजमो नेता भट्टले प्रतिनिधि सभा विघटनलाई तत्कालै सच्याउँदै त्यसको पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनताको आन्दोलनले नै प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा बल पुग्ने बताउँदै उहाँले आम जनतालाई आन्दोलनमा उत्रन आग्रह गर्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य नन्दराज भट्ट, राजमो परिषद् सदस्य खडक राना, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, राजमो कैलालीका जिल्ला सचिव जगत् जोशी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रसान्त थापा र मूल प्रवाह अखिलल भारत नेपाली एकता समाजका नेता हिरासिंह चन्दले पनि सम्बोधन गर्नुभएको थियो । अखिल (छैठौं) का रा ष्ट्रिय पार्षद टङ्क अवस्थीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता राजमो धनगढी उपमहानगरपालिका समितिका सचिव टीका नेपाली तथा सञ्चालन राजमो नगर अध्यक्ष डबल बोगटीले गर्नुभएको थियो ।

कालीकोटमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

कमलविक्रम शाही/मान्म । कालिकोटको सदरमुकाम मान्ममा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । २०७७ माघ ९ गते सम्पन्न सो सभामा अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पान्डे, नेकपा (मसाल) कालिकोटका प्रवक्ता देवजङ्ग शाही र अखिल नेपाल शिक्षक सङ्घका अजय गिरीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ओली सरकारले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक, अधिनायकवादी र स्वेच्छाचारी बताउँदै त्यसलाई सुधार गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा कालीकोटका जिल्लाध्यक्ष कृष्णबहादुर शाहीले गर्नुभएको थियो भने सञ्चालन मीनबहादुर शाहीले गर्नुभएको थियो ।

पोखरामा विरोधसभा तथा प्रशिक्षण सम्पन्न

गणेश अधिकारी/पोखरा ।। राष्ट्रिय जनमोर्चा कास्कीले आफ्नो एकमहिने कार्यक्रमअन्तर्गत आज माघ ३ गते रामबजार एरियामा प्रक्षिणात्मक भेला सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बराल र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य बिक्रम थापाले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणपछि केपी ओली सरकारले चालेको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी तबरले प्रतिनिधि सभा विघटन, सङ्घीयता खारेजी, भ्रष्टाचार अन्त्यको माग राखी रामबजारमा विरोधसभासमेत सम्पन्न भएको थियो । सभालाई नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेशका अध्यक्ष दिपक गुरुङ र अखिल नेपाल महिला सङ्घकी कास्की जिल्लाध्यक्ष जमुना केसीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिक्रम थापाले गर्नु भएको थियो ।

सुनसरीमा राजमोको विरोधसभा

सुनसरी । राष्ट्रिय जनमोर्चा सुनसरीले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।  ‘संसद विघटन गर्ने ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक अधिनायकवादी कदमको विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नाराका साथ सोमबार धरानको भानुचोकमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभामा राजमो प्रदेश नम्बर १ का सचिव विशाल पहाडी, राजमो जिल्ला कार्यवाहक अध्यक्ष किशोर राई र राजमो धरान उपमहानगरपालिकाका नगर अध्यक्ष दिपबहादुर खड्काले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला सहसचिव धर्म बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कञ्चनपुरमा राजमोको विरोधसभा

पुष्कर भट्ट/महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमको विरुद्ध देशव्यापी रूपमा आयोजित विरोध कार्यक्रमअन्तर्गत आज पुस २० गते कञ्चनपुर जिल्ला महेन्द्रनगरको मदनचोकमा कोणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको बताउनुभयो । राजमो नेता भट्टले जननिर्वाचित सरकारको प्रमुखले प्रतिनिधि सभा विघटन गर्ने कार्य गम्भीर गल्ती भएकाले त्यसलाई तत्कालै सच्याउँदै संसद पुनः स्थापना गरिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा राजमो जिल्लाध्यक्ष रामबहादुर कार्कीले समेत आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) महासचिव महेशराज जोशी, रक्तिमका जिल्ला संयोजक ललित चन्द, वामपन्थी नेता जनक कुँवर, राजमोका जिल्ला सचिव अभिमान थापा, राजमो नगर सदस्य पदम साउद युवा नेता हरि शर्मालगायत नेताहरूको सहभागिता रहेको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव लालबहादुर कुँवरले सञ्चालन गर्नुभएको थियो ।

राजमो सुर्खेतले सम्पन्न गर्यो विरोधसभा

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेन्द्रचोकमा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै जिल्लाध्यक्ष गोविन्दप्रसाद सुवेदीले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कदमले देश प्रतिगमनको दिशातर्फ जान सक्ने भएकाले त्यसको विरोध गर्नु गणतन्त्रप्रेमी जनताको कर्तव्य भएको बताउनुभयो । सो अवसरमा अखिल (छैठौं) का हरि बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्म दानी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती ले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला कोषाध्यक्ष विष्णुप्रसाद शर्माले तथागर्नुभएको थियो ।