दैलेखको बेस्तडामा राजमोको विरोधसभा

दैलेखबजार । राष्ट्रिय जनमोर्चाले दैलेखको बेस्तडामा आज विरोधसभा सम्पन्न गरेको छ । कार्यक्रममा राजमो कर्णाली प्रदेश उपाध्यक्ष कमल बिक्रम शाही, राजमो दैलेखका अध्यक्ष अम्बरबहादुर नेपाली, राजमो दैलेख जिल्ला समितिका सल्लाहकार पूर्णबहादुर शाही र नेकपा (मसाल) दैलेखका प्रवक्ता सुरत रावतलगायतले मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्ने वक्ताहरूले प्रतिनिधि सभा तत्कालै स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नरबहादुर सिहले गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध साना ११ दलले सोमबार जुलुस तथा विरोधसभा गर्ने

काठमाडौँ– एमसीसीको विरोधमा ११ वटा साना दलले आन्दोलन घोषणा गरेका छन् । प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि सीपी मैनाली महासचिव रहेको नेकपा मालेलगायत ११ दलले एमसीसी सम्झौताविरुद्ध २३ गते जुलुस तथा विरोधसभा गर्न लागेका हुन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभा गर्ने जनाएका छन् । यस मध्यान्ह साढे १२ […]

बार आन्दोलन : सर्वोच्चसहित देशभरका उच्च अदालतमा विरोधसभा

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनरत बार एसोसिएसनले आज (बुधबार)देशभरका उच्च अदालतमा विरोधसभा गरेको छ। चौथो चरणकोआन्दोलनअन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको छ। इलाम उच्च अदालतको विरोधसभालाई बारका...

नवलपरासीमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

परासी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि पाशविक ढङ्गले भएको हत्याको विषयमा नवलपरासीमा विरोधसभा सम्पन्न भएको छ । भागरथीकी अपराधीलाई कारबाहीका लागि शान्तिपूर्ण कार्यक्रममा हिजो अखिल (छैठौँ) र राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्तामाथि धरपकड गरेर सरकारले फासिवादी शैली अपनाएको विरोधमा आज माघ २६ गते मुलुकभरि कार्यक्रम गर्ने क्रममा सुनवल नगरपालिका–१० गैडाखालमा सो कार्यक्रम सम्पन्न भएको हो । विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय उपाध्यक्ष उत्तमराज खरेलले निर्मला हत्याकाण्डजस्तै भागरथी भट्टका हत्यारालाई पनि उम्काउन सक्ने हँुदा राष्ट्रिय जनमोर्चाले सरकारलाई दबाब दिन खोजेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदी, अखिल नेपाल जनजाति सम्मेलन जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशी र अखिल नेपाल किसान महासङ्घ नवलपरासी जिल्लाध्यक्ष जितबहादुर पौडेलले समेत मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय जनमोर्चा सुनवल वडा नं. १० का अध्यक्ष देविराम सरभुजाको अध्यक्षता र धनपति सापकोटाको सञ्चालनमा विरोध कार्यक्रम भएको थियो ।

चितवनमा अखिल नेपाल किसान महासंघको विरोधसभा

भरतपुर । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यतामा रत्ननगरपालिका–१ बकुलर चोकमा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मी प्रतिनिधि सभा विघटनको कदमले नेपाली किसानलाई पनि प्रभाव परेको बताउनुभयो । किसानहरू आफ्ना मागको पक्षमा चरणबद्ध आन्दोलन चलाइरहेकै बेला प्रतिनिधि सभा विघटन भएको भन्दै उहाँले तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सो अववसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव डम्मर पुरी, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य गोविन्द अम्माई र अखिल नेपाल टेड्र युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसीले पनि मन्तव्य राख्नुभएको थियो । किसान महासङ्घ चितवनका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई किसान महासङ्घकै जिल्ला उपाध्यक्ष चन्द्रकला क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]

प्रतिनिधि सभा विघटनको विरोधमा कैलालीको धनगढीमा विरोधसभा

धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले धनगढीको पिपलचौतारामा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको प्रमुख आतिथ्यतामा मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सम्बोधन गर्दै राजमो नेता भट्टले प्रतिनिधि सभा विघटनलाई तत्कालै सच्याउँदै त्यसको पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनताको आन्दोलनले नै प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा बल पुग्ने बताउँदै उहाँले आम जनतालाई आन्दोलनमा उत्रन आग्रह गर्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य नन्दराज भट्ट, राजमो परिषद् सदस्य खडक राना, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, राजमो कैलालीका जिल्ला सचिव जगत् जोशी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रसान्त थापा र मूल प्रवाह अखिलल भारत नेपाली एकता समाजका नेता हिरासिंह चन्दले पनि सम्बोधन गर्नुभएको थियो । अखिल (छैठौं) का रा ष्ट्रिय पार्षद टङ्क अवस्थीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता राजमो धनगढी उपमहानगरपालिका समितिका सचिव टीका नेपाली तथा सञ्चालन राजमो नगर अध्यक्ष डबल बोगटीले गर्नुभएको थियो ।

कालीकोटमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

कमलविक्रम शाही/मान्म । कालिकोटको सदरमुकाम मान्ममा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । २०७७ माघ ९ गते सम्पन्न सो सभामा अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पान्डे, नेकपा (मसाल) कालिकोटका प्रवक्ता देवजङ्ग शाही र अखिल नेपाल शिक्षक सङ्घका अजय गिरीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ओली सरकारले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक, अधिनायकवादी र स्वेच्छाचारी बताउँदै त्यसलाई सुधार गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा कालीकोटका जिल्लाध्यक्ष कृष्णबहादुर शाहीले गर्नुभएको थियो भने सञ्चालन मीनबहादुर शाहीले गर्नुभएको थियो ।

सुनसरीमा राजमोको विरोधसभा

सुनसरी । राष्ट्रिय जनमोर्चा सुनसरीले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।  ‘संसद विघटन गर्ने ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक अधिनायकवादी कदमको विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नाराका साथ सोमबार धरानको भानुचोकमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभामा राजमो प्रदेश नम्बर १ का सचिव विशाल पहाडी, राजमो जिल्ला कार्यवाहक अध्यक्ष किशोर राई र राजमो धरान उपमहानगरपालिकाका नगर अध्यक्ष दिपबहादुर खड्काले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला सहसचिव धर्म बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

राजमो सुर्खेतले सम्पन्न गर्यो विरोधसभा

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेन्द्रचोकमा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै जिल्लाध्यक्ष गोविन्दप्रसाद सुवेदीले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कदमले देश प्रतिगमनको दिशातर्फ जान सक्ने भएकाले त्यसको विरोध गर्नु गणतन्त्रप्रेमी जनताको कर्तव्य भएको बताउनुभयो । सो अवसरमा अखिल (छैठौं) का हरि बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्म दानी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती ले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला कोषाध्यक्ष विष्णुप्रसाद शर्माले तथागर्नुभएको थियो ।