कमलविक्रम शाही/मान्म ।
कालिकोटको सदरमुकाम मान्ममा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ ।
२०७७ माघ ९ गते सम्पन्न सो सभामा अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पान्डे, नेकपा (मसाल) कालिकोटका प्रवक्ता देवजङ्ग शाही र अखिल नेपाल शिक्षक सङ्घका अजय गिरीले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ओली सरकारले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक, अधिनायकवादी र स्वेच्छाचारी बताउँदै त्यसलाई सुधार गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा कालीकोटका जिल्लाध्यक्ष कृष्णबहादुर शाहीले गर्नुभएको थियो भने सञ्चालन मीनबहादुर शाहीले गर्नुभएको थियो ।