काठमाण्डाै – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ भइरहेको छ । सुनुवाइ विशेषगरी एक सय ४९ जना सांसदले हस्ताक्षर गरेर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको विषयमा केन्द्रित छ ।
हिजो भएको सुनुवाइका क्रममा अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी लगायतले राष्ट्रपतिको भूमिकालाई लिएर निकै आलोचना गरेका थिए । संविधानले बहुमत सांसदको हस्ताक्षर पुग्ने वित्तिकै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने...