चेक बाउन्स मुद्दामा पक्राउ परेका मदिरा व्यवसायी तथा ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ अनुसन्धान जारी राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले चेक बाउन्स मुद्दामा उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएको जानकारी दिए । सञ्जय अधिकारीको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ५० लाखको चेक बाउन्स भएको उजुरी प्रहरीमा परेको थियो । उनलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौंस्थ