ड्रग्सको मुद्दामा पक्राउ परेका कोहलीलाई १४ दिन हिरासतमा राख्न आदेश

बलिउड कलाकार अरमान कोेहलीलाई ड्रग्सको मुद्दामा मुम्बइको एक अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । अरमानको साथमा ड्रग्स भेटिएपछि उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो । प्रहरीले कोहलीको घरमा छापा मार्दा १.२ ग्राम कोकीन भेटिएको थियो । कोेहलीको बैङ्क ब्यालेन्सको पनि छानबिन गरिने बताइएको छ । अरमान कोेहली, ड्रग पेडलर […]

सम्बन्धित सामग्री

मन्त्रीनै भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि....

जेठ १८, नयाँदिल्ली । भ्रष्टाचारको आरोपमा भारतको एउटा अदालतले बहालवाला मन्त्रीलाई थुनामा पठाउने फैसला गरेको छ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतीय राज्य दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई अदालतले थुनामा पठाउने आदेश दिएको हो । राजस्वसम्बन्धी एक अदालतले उनलाई ९ जुनसम्म हिरासतमा राख्ने आदेश दिएको छ । केन्द्र सरकार मातहतको प्रवर्तन निर्देशनालय (ईडी) ले मन्त्री जैनलाई  गत सोमवार पक्राउ गरेको थियो । उनीमाथि सन् २०१५ को फेब्रुअरीदेखि २०१७ सम्म गैरकानूनी रूपमा धन आर्जन गरेको आरोप छ । केन्द्रीय अनुसन्धान व्युरो  (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।त्यही मुद्दामा कर र राजस्व छली वा अवधै सम्पत्तिलगायत विषयमा अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालयले जैनलाई पक्राउ गरेको हो । निर्देशनालयले अनुसन्धानका लागि उनलाई १४ दिन थुनामा राख्नुपर्ने अदालतसँग माग राखेको थियो ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित उनको आम आदमी पार्टीले आफ्ना मन्त्रीलाई भारतीय  जनता पार्टीको सरकारले राजनीतिक उद्देश्यले पक्राउ गरेको आरोप लगाएको छ ।   यसैबीच दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।  त्यसैगरी मुख्यमन्त्री केजरीवालले आप सरकार आर्थिक रूपमा इमानदार रहेको र भ्रष्टाचारीप्रति शून्य सहनशीलता अपनाउने गरेको भन्दै मन्त्री पक्राउको विषय राजनीतिक उद्धेष्यले प्रेरित भएको बताएका छन् । एजेन्सी