फ्याक्टचेकिङ बेवसाईट अल्ट न्यूजका सह–संस्थापक मोहम्मद जुबैरको प्रहरी हिरासतको म्याद सकिएपछि उनलाई अदालतमा पेस गरिएको छ । दिल्ली प्रहरीका तर्फबाट वरिष्ठ सरकारी वकिल अतुल श्रीवास्तवले अदालतमा जुबैरलाई १४ दिनको न्यायिक हिरासतमा राख्न माग गरेका थिए ।उता जुबैरका तर्फबाट अधिवक्ता वृन्दा ग्रोवरले जमानतको आवेदन दिएकी थिइन् जसलाई अदालतले अस्वीकार गर्दै १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ । सरकारी वकिल श्रीवास्तवले अदालतमा यस मुद्दामा केही नयाँ तथ्य भेटिएकाले अध्ययनका लागि जुबैरलाई थप