काठमाडौं : घुस डिल प्रकरणमा मुछिएका कानुनव्यवसायी रुद्रप्रसाद पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय दिइएको छ।नेपाल कानुन व्यवसायी परिषद्ले पोख्रेलका नाममा आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र जवाफ पेश गर्न भनेको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको अडियो सार्वजनिक भएको थियो।कानुनव्यवसायीको रूपमा काम गर्दा पोख्रेलले काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा तामाङलाई धरौटीम