पछिल्लो समय टीकापुर र रेशम चौधरी एक अर्काका पर्यायवाची झै भएका छन् । टीकापुर घटनाका मुख्य योजनाकार चौधरी अदालतको आदेशअनुसार जेलमा छन् भने उनको रिहाइको माग पनि राजनीतिक मुद्दा बनिरहेको छ ।२०७२ ताका संविधान लेखनको क्रममा यहाँ थरूहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच २०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भयो । एक नाबालकसहित ८ प्रहरीको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा घर, पसल, एफएममा आ