आरजु देउवाको प्रतिस्पर्धामा जेलमा रहेका लक्ष्मण थारु, भूमिगत रेशम चौधरी पनि चुनावी मैदानमा :: Pahilopost.com

काठमाडौं : मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका दुईजना आरोपीहरु चुनावी मैदानमा छन्। घटनाका मुख्य आरोपी भनिएका रेशम चौधरी कैलालीको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर एकबाट र अर्का आरोपी लक्ष्मण थारु कैलालीकै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर पाँचबाट उम्मेदवार छन्। लक्ष्मण थारु टीकापुर घटना हुँदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए।