थारू बाहुल्य टीकापुर मात्र होइन, वरिपरिको स्थानीय तहको प्रमुख मुद्दा बनेको छ ‘टीकापुर घटना’ । ६ वर्षअघिको हिंसात्मक घटनापछि झूटा मुद्दा लगाएर सोझासिधा थारूलाई फसाएको भन्दै गत संसदीय निर्वाचनमा राजपाबाट उठेका रेशम चौधरी फरार रहेकै बेला विजयी भएका थिए । अहिले त उनले राष्ट्रिय उन्मुक्ति पार्टी गठन गरेर उम्मेदवारहरू मैदानमा उतारेका छन् ।