काठमाडौं : नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी लगायतलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाब दिएका छन्।शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरी लगायतका बन्दीहरूलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे।उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टीकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्