काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिए पनि सरकारले अटेर गरेको भन्दै ध्यानाकर्षणका लागि सभामुखसमक्ष अदालतको आदेशको प्रति हस्तान्तरण गरिन्।उनले सरकारले निर्दोष रहेका रेशम चौधरीलगायतका थारुहरुलाई थुनेर राखेको बताइन्। ‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्