‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । विगतका वर्ष झै यसवर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाई भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनोट आगामी ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ । फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्र