काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंक दुलालले महासंघका वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र होमनाथ कोइरालाले अध्यक्षका लागि उम्मेदवारी दिएको जानकारी दिए।उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म तोकिएको छ। मतदान भने आइतबार हुनेछ। महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको छ। अन्य सदस्यहरू मनोनित र पदेन हुने व्यवस्था छ।मतदाता संख्या १