२८ फागुन, काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार आइतबार मतदान हुनेछ । महादेव खिम्ती निर्माण सेवाका सञ्चालकसमेत रहेका वर्तमान अध्यक्ष सिंह नेपाली कांग्रेस निकट हुन् । […]