२५ फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन् । २७ फागुनमा नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् । अहिलेसम्म अध्यक्षका कुनैपनि आकांक्षीले प्यानल घोषणा गरेका छैनन् । […]