एनएमबि फिप्टीसहित ५ ओटा म्युचुअल फण्डको इकाईमा उच्च खरीद माग

असार ३०, काठमाडौं । बुधवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा ५ ओटा म्युचुअल फण्डको इकाई खरीदमा उच्च माग रहेको छ ।  ग्लोबल आएमई समुन्नत स्किम १, एनएमबि फिप्टी, प्रभु सेलेक्ट फण्ड, सानिमा लार्ज क्याप फण्ड र सिटीजन्स म्युचुअल फण्ड १ को इकाईमा उच्च खरीद माग रहेको हो ।  यी ५ ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नतको इकाईमा ८ लाख ५३ हजार ४१८ इकाई खरीदको लागि माग रहेको छ । त्यसैगरी, दोस्रोमा एनएमबि फिप्टीको ६ लाख ९० हजार इकाई माग, प्रभु सेलेक्ट फण्डको ६ लाख ५० हजार ६२२ इकाई, सानिमा लार्ज क्याप फण्डको ६ लाख १४ हजार १५० इकाई र सिटीजन्स म्युचुअल फण्डको ६ लाख १० हजार ३०० इकाईको लागि खरीद माग रहेको छ ।

सम्बन्धित सामग्री

एनआईसी एशिया ब्यालेन्स फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२३ ओाट धितोपत्रमध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड, एनएमबि फिप्टी, प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड २ र सिटीजन्स म्युचुअल फण्ड २ मा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये एनआईसी एशिया ब्यालेन्स फण्डको सबैभन्दा बढी २ लाख ४२ हजार १५० इकाई खरीद माग रहेको छ । त्यसैगरी एनएमबि फिप्टीको २ लाख ४० हजार १७५ इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख ९८ हजार ८९१ इकाई, नबिल ब्यालेन्स फण्ड २ को १ लाख ८६ हजार ५४५ इकाई र सिटीजन्स म्युचुअल फण्ड २ को १ लाख ७६ हजा ७०० इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १६ दशमलव ३७ अंक घटेर २ हजार १२१ दशमलव ५५ विन्दुमा झरेको छ भने कुल रू. ७३ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

एनएमबि फिप्टी सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनएमबी फिप्टी, सानिमा इक्वीटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड,प्रभु सेलेक्ट फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको २ लाख ९५ हजार ७० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी सानिमा इक्वीटी फण्डको २ लाख २५ हजार ८२४ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख २१ हजार ३०० इकाई, प्रभु सेलेक्ट फण्डको २ लाख १४ हजार ९७० इकाई र लक्ष्मी उन्नति कोषको धितोपत्रमा २ लाख ८ हजार इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ३४ दशमलव ६० अंक घटेर २ हजार १३८ दशमलव ८५ विन्दुमा झरेको छ भने कुल रू. ७८ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

बलेफी हाइड्रोसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग

जेठ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२० ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  बलेफी हाइड्रोपावर, सनराइज फर्स्ट म्युचुअल फण्ड, प्रभु सेलेक्ट फण्ड, सानिमा इक्वीटी फण्ड र एनएमबि फिप्टीको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी बलेफी हाइड्रोपावरको २ लाख ६३ हजार २०२ कित्ता शेयर खरीद माग रहेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा बुधवारदेखि आएको हो ।  सोही कारण पनि कम्पनीको शेयरमा खरीकर्ताको आकर्षण रहेको हो । त्यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख १० हजार ७०० इकाई, प्रभु सेलेकट फण्डको २ लाख ६ हजार ३३४ इकाई, सानिमा इक्वीटी फण्डको १ लाख ७७ हजार इकाई र एनएमबि फिप्टी को १ लाख ५८ हजार ९५ इकाई खरीद माग रहेको छ ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ८० अंक बढेर २ हजार २३६ दशमलव ९९ विन्दुमा पुगेको छ भने कुल रू. ६९ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

वैशाख २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा २० मिनेटको अवधिमा कारोबारमा आएका २१७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्विटी फण्ड, एनएमबि फिफ्टी, कुमारी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच  ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको ३ लाख ९८ हजार २२० इकाई खरीद माग रहेको छ  ।  त्यसैगरी सानिमा इक्विटी फण्डको ३ लाख १ हजार ५३५ इकाई, एनएमबि फिफ्टीको २ लाख १८ हजार ३०० इकाई, कुमारी इक्विटी फण्डको २ लाख १८ हजार इकाई र लक्ष्मी उन्नति कोषको २ लाख १५ हजार ४०० इकाई खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २८ अंकभन्दा धेरैले बढेर २ हजार २९७ नजिक पुगेको छ । यसैगरी उक्त अवधिसम्ममा कुल रू. ८६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

लक्ष्मी उन्नति कोषसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

वैशाख २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २३० ओटा धितोपत्रमध्ये पाँँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । लक्ष्मी उन्नति कोष, एनएमबि हाइब्रिड फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र प्रभु सेलेक्ट फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोष को २ लाख २४ हजार ६५० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी एनएमबि हाइब्रिड फण्डको १ लाख ७३ हजार ९४३ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ३६ हजार ४७५ इकाई, एनआईसी एशिया ग्रोथ फण्डको १ लाख २८ हजार इकाई र प्रभु सेलेक्ट फण्डको १ लाख १६ हजार ६०० इकाई खरीद माग रहेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३ दशमलव शून्य ८ अंक घटेर २ हजार २४२ दशमलव ६० विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ९९ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

एनएमबि फिप्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

मंसिर २१, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । एनएमबि फिप्टी, सिद्धार्थ इक्विटी फण्ड,सानिमा इक्विटी फण्ड,ग्लोलब आइएमई समुन्नत स्किम १ र सन्राइज फष्ट म्युुचुअल फण्डको इकाईमा उच्च खरीद माग रहेको हो ।  ती पाँच ओटा धितोपत्रमध्ये एनएमबि फिप्टीको धितोपत्रमा ३ लाख ४७ हजार ६५५ इकाई खरीद माग रहेको छ ।  सिद्धार्थ इक्विटी फण्डको ३ लाख ४४ हजार २५ इकाई,सानिमा इक्विटी फण्डको २ लाख ७९ हजार ८१० इकाई,ग्लोबल आइएमई समुन्नत स्किमको २ लाख ४६ हजार ३ इकाई र सनराइज फष्र्ट म्युचुअल फण्डको २ लाख २१ हजार ७ सय इकाई खरीद माग रहेको छ ।

ग्लोबल आइएमई समुन्नत स्किम-१ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

कात्तिक २, काठमाडौं । मंगलवार बजार खुलेको दुई घण्टा १५ मिनेटको अवधिमा ग्लोबल आइएमई समुन्नत स्किम -१ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । ग्लोबल आइएमई समुन्नत स्किम-१, मेगा बैंक, एनएमबि फिप्टी, सनराइज फर्स्ट म्युचुअल फण्ड र मानुषी लघुवित्तको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम -१ को ४ लाख ९३ हजार ८१३ इकाई खरीद माग रहेको छ । त्यसैगरी मेगा बैंकको ८ लाख ४३ हजार ८७६ कित्ता, एनएमबि फिप्टीको १ लाख ३३ हजार ९११ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ३१ हजार १५० इकाई र मानुषी लघुवित्तको १ लाख १८ हजार ५२ कित्ता खरीद माग रहेको हो ।

एनएमबि फिफ्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

असोज ६, काठमाडौं । बुधवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  नबिल ब्यालेन्स फण्ड २, नेशनल हाइड्रोपावर, एनएमबि फिफ्टी, सिटीजन्स म्युचुअल फण्ड २ र एनआइसी एशिया ब्यालेन्स फण्डको इकाईमा उच्च खरीद माग रहेको हो ।  यी पाँच ओटा धितोपत्र मध्ये नबिल ब्यालेन्स फण्ड २ को इकाईमा ३ लाख ९८ हजार ११० इकाई खरीद माग रहेको छ । त्यसैगरी नेशनल हाइड्रोपावरको ३ लाख ६८ हजार ६१५ कित्ता, एनएमबि फिफ्टीको ३ लाख २१ हजारर ६१० इकाई, सिटीजन्स म्युचुअल फण्ड २ को १ लाख ९३ हजार १०० इकाई र एनआइसी एशिया ब्यालेन्स फण्डको इकाईमा १ लाख ६७ हजार ४०० इकाई खरीद माग रहेको हो ।

एचआईडीसीएलसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ १, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।  उक्त अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये हाइड्रोलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल),एनएमबी फिप्टी,सानिमा इक्विटी फण्ड,सिटीजन्स म्युचुअल फण्ड - १ र नबिल ब्यालेन्स फण्ड -२ को इकाईमा उच्च खरीद माग रहेको हो ।  ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी एचआईडीसीएलको ३९ लाख २ हजार ७०५ कित्ता खरीद माग रहेको छ । त्यसैगरी एनएमबि फिप्टीको ७ लाख ६५ हजार ९३१ इकाई खरीद माग रहेको छ । त्यस्तै सानिमा इक्विटी फण्डको ७ लाख ३६ हजा ६९१ इकाई, सिटीजन म्युचुअल फण्ड - १ को ६ लाख ६४ हजार ९५५ इकाई र नबिल ब्यालेन्स फण्ड - २ को ४ लाख ७० हजार ७०४ इकाईको लागि खरीद माग रहेको छ ।

नबिल ब्यालेन्स फण्डसहित ५ ओटा म्युचुअल फण्डको इकाईमा उच्च खरीद माग

साउन ११, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा पाँच ओटा म्युुचअल फण्डको इकाई मूल्यमा उच्च खरीद माग रहेको छ ।  उक्त अवधिसम्ममा नबिल ब्यालेन्स फण्ड २, एनएमबि ५०, एनआईसी एशिया ब्यालेन्स फण्ड, लक्ष्मी इक्विटी फण्ड र एनआइबिएल प्रगति फण्डको इकाईमा उच्च खरीद माग रहेको हो ।  ती पाँच  ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड २ को ६ लाख ४६ हजार ३५० इकाईको लागि खरीद माग रहेको छ । त्यसैगरी एनएमबि ५० को ५ लाख ९२ हजार ३० इकाई, एनआईसी एशिया ब्यालेन्स फण्डको ५ लाख ७८ हजार ८७० इकाई,लक्ष्मी इक्विटी फण्डको ३ लाख ९० हजार ६८४ इकाई र एनआइबिएल प्रगति फण्डको ३ लाख ४७ हजार २९१ इकाईको लागि खरीद माग रहेको छ ।