वैशाख २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा २० मिनेटको अवधिमा कारोबारमा आएका २१७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्विटी फण्ड, एनएमबि फिफ्टी, कुमारी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको ३ लाख ९८ हजार २२० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी सानिमा इक्विटी फण्डको ३ लाख १ हजार ५३५ इकाई, एनएमबि फिफ्टीको २ लाख १८ हजार ३०० इकाई, कुमारी इक्विटी फण्डको २ लाख १८ हजार इकाई र लक्ष्मी उन्नति कोषको २ लाख १५ हजार ४०० इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २८ अंकभन्दा धेरैले बढेर २ हजार २९७ नजिक पुगेको छ । यसैगरी उक्त अवधिसम्ममा कुल रू. ८६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।