जेठ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२० ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
बलेफी हाइड्रोपावर, सनराइज फर्स्ट म्युचुअल फण्ड, प्रभु सेलेक्ट फण्ड, सानिमा इक्वीटी फण्ड र एनएमबि फिप्टीको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी बलेफी हाइड्रोपावरको २ लाख ६३ हजार २०२ कित्ता शेयर खरीद माग रहेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा बुधवारदेखि आएको हो ।
सोही कारण पनि कम्पनीको शेयरमा खरीकर्ताको आकर्षण रहेको हो । त्यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख १० हजार ७०० इकाई, प्रभु सेलेकट फण्डको २ लाख ६ हजार ३३४ इकाई, सानिमा इक्वीटी फण्डको १ लाख ७७ हजार इकाई र एनएमबि फिप्टी को १ लाख ५८ हजार ९५ इकाई खरीद माग रहेको छ ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ८० अंक बढेर २ हजार २३६ दशमलव ९९ विन्दुमा पुगेको छ भने कुल रू. ६९ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।