मंसिर २१, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । एनएमबि फिप्टी, सिद्धार्थ इक्विटी फण्ड,सानिमा इक्विटी फण्ड,ग्लोलब आइएमई समुन्नत स्किम १ र सन्राइज फष्ट म्युुचुअल फण्डको इकाईमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये एनएमबि फिप्टीको धितोपत्रमा ३ लाख ४७ हजार ६५५ इकाई खरीद माग रहेको छ । सिद्धार्थ इक्विटी फण्डको ३ लाख ४४ हजार २५ इकाई,सानिमा इक्विटी फण्डको २ लाख ७९ हजार ८१० इकाई,ग्लोबल आइएमई समुन्नत स्किमको २ लाख ४६ हजार ३ इकाई र सनराइज फष्र्ट म्युचुअल फण्डको २ लाख २१ हजार ७ सय इकाई खरीद माग रहेको छ ।