जेठ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२३ ओाट धितोपत्रमध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
एनआईसी एशिया ब्यालेन्स फण्ड, एनएमबि फिप्टी, प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड २ र सिटीजन्स म्युचुअल फण्ड २ मा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्रमध्ये एनआईसी एशिया ब्यालेन्स फण्डको सबैभन्दा बढी २ लाख ४२ हजार १५० इकाई खरीद माग रहेको छ । त्यसैगरी एनएमबि फिप्टीको २ लाख ४० हजार १७५ इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख ९८ हजार ८९१ इकाई, नबिल ब्यालेन्स फण्ड २ को १ लाख ८६ हजार ५४५ इकाई र सिटीजन्स म्युचुअल फण्ड २ को १ लाख ७६ हजा ७०० इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १६ दशमलव ३७ अंक घटेर २ हजार १२१ दशमलव ५५ विन्दुमा झरेको छ भने कुल रू. ७३ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।