कात्तिक २, काठमाडौं । मंगलवार बजार खुलेको दुई घण्टा १५ मिनेटको अवधिमा ग्लोबल आइएमई समुन्नत स्किम -१ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । ग्लोबल आइएमई समुन्नत स्किम-१, मेगा बैंक, एनएमबि फिप्टी, सनराइज फर्स्ट म्युचुअल फण्ड र मानुषी लघुवित्तको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम -१ को ४ लाख ९३ हजार ८१३ इकाई खरीद माग रहेको छ ।
त्यसैगरी मेगा बैंकको ८ लाख ४३ हजार ८७६ कित्ता, एनएमबि फिप्टीको १ लाख ३३ हजार ९११ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ३१ हजार १५० इकाई र मानुषी लघुवित्तको १ लाख १८ हजार ५२ कित्ता खरीद माग रहेको हो ।