वैशाख २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २३० ओटा धितोपत्रमध्ये पाँँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
लक्ष्मी उन्नति कोष, एनएमबि हाइब्रिड फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र प्रभु सेलेक्ट फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोष को २ लाख २४ हजार ६५० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी एनएमबि हाइब्रिड फण्डको १ लाख ७३ हजार ९४३ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ३६ हजार ४७५ इकाई, एनआईसी एशिया ग्रोथ फण्डको १ लाख २८ हजार इकाई र प्रभु सेलेक्ट फण्डको १ लाख १६ हजार ६०० इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३ दशमलव शून्य ८ अंक घटेर २ हजार २४२ दशमलव ६० विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ९९ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।