जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
एनएमबी फिप्टी, सानिमा इक्वीटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड,प्रभु सेलेक्ट फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको २ लाख ९५ हजार ७० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी सानिमा इक्वीटी फण्डको २ लाख २५ हजार ८२४ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख २१ हजार ३०० इकाई, प्रभु सेलेक्ट फण्डको २ लाख १४ हजार ९७० इकाई र लक्ष्मी उन्नति कोषको धितोपत्रमा २ लाख ८ हजार इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ३४ दशमलव ६० अंक घटेर २ हजार १३८ दशमलव ८५ विन्दुमा झरेको छ भने कुल रू. ७८ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।