असोज ६, काठमाडौं । बुधवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
नबिल ब्यालेन्स फण्ड २, नेशनल हाइड्रोपावर, एनएमबि फिफ्टी, सिटीजन्स म्युचुअल फण्ड २ र एनआइसी एशिया ब्यालेन्स फण्डको इकाईमा उच्च खरीद माग रहेको हो ।
यी पाँच ओटा धितोपत्र मध्ये नबिल ब्यालेन्स फण्ड २ को इकाईमा ३ लाख ९८ हजार ११० इकाई खरीद माग रहेको छ । त्यसैगरी नेशनल हाइड्रोपावरको ३ लाख ६८ हजार ६१५ कित्ता, एनएमबि फिफ्टीको ३ लाख २१ हजारर ६१० इकाई, सिटीजन्स म्युचुअल फण्ड २ को १ लाख ९३ हजार १०० इकाई र एनआइसी एशिया ब्यालेन्स फण्डको इकाईमा १ लाख ६७ हजार ४०० इकाई खरीद माग रहेको हो ।