ग्लोबल आईएमई बैंकको नाफा बढ्यो

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसको प्रति सेयर

सम्बन्धित सामग्री

निष्कृय कर्जाको दबाबमा ग्लोबल आईएमई बैंक, प्रोभिजन बढ्दा नाफा प्रभावित

१७ कात्तिक, काठमाडौं । कर्जा असुलीमा समस्या हुँदा सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजन बढेसँगै ग्लोबल आईएमई बैंकको नाफा प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डुलाई गाभेर एकीकृत कारोबार सुरु भएको थियो ।  तर, गत आर्थिक वर्षको प्रथम त्रैमासमा छुट्टाछुट्टै कारोबार गरिरहेका यी दुई बैंकको चालु आर्थिक वर्षको प्रथम […]

बैैंकहरूको अर्ध–वार्षिक नाफा ३४ अर्ब, अघिल्लो वर्षभन्दा १०%ले बढी

काठमाडौँ– सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको हो ।  बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको ग्लोबल ब…

बैैंकहरूको अर्ध–वार्षिक नाफा ३४ अर्ब, अघिल्लो वर्षभन्दा १०%ले बढी

काठमाडौँ– सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको हो ।  बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको ग्लोबल ब…

बैंकहरुको नाफा बढ्यो, कुन बैंकले कति कमाए ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ।  यो वर्ष ग्लोबल आईएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ।  चालू आर्थिक वर्षको पुस मसान्तसम्म...

ग्लोबल आईएमई बैंक नम्बर वान

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकले करिब १२ प्रतिशतले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाले यस अवधिमा व्यवसाय विस्तार गर्दै नाफा पनि बढाएका हुन् । शुक्रबार प्रकाशित विभिन्न २३ वटा वाणिज्य बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमास पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो […] The post ग्लोबल आईएमई बैंक नम्बर वान appeared first on राजधानी राष्ट्रिय दैनिक.

६ महिनामा २ अर्ब ६६ करोड नाफा गर्दै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा

२७ वटा वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ग्लोबल आईएमई बैंक चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंकको  शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ३५ करोड रूपैयाँले बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा ४ अर्ब ७९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो ब

ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.५ प्रतिशत नगद लाभांश गरि कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव : (क) सामान्य प्रस्ताबहरु :१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।३) यस बैंकको सहायक कम्पनी रलोबल आइएमई क्यापिटल लि.तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको आ.व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated ) वित्तीय विवरण स्वीकृत गर्ने ।४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।५) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुंजीको ३.५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।(ख) विशेष प्रस्तावहरु :१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने ।२) आ.व. २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने ।३) बैंकको पुजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ । बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ । गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’ गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

ग्लोबल आईएमई बैंकले कमायो दुई अर्ब ३१ करोड नाफा, स्प्रेड रेट तोकेभन्दा माथि

काठमाडौं । जनता बैंक र ग्लोबल आईएमई बैंक मर्जपछि बनेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा